२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ पहिलो दोहोरी च्याम्पियनको उपाधी प्रकाश र मीनाले उचाले

पहिलो दोहोरी च्याम्पियनको उपाधी प्रकाश र मीनाले उचाले

नेपाल टेलिभिजनको बहुचर्चित कार्यक्रम दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीको जोडीले हात पारेका छन्। फेवा किनारमा शनिबार साँझ भएको फाइनलमा पराजुली र बुढाथोकीले उपाधि हात पारेका हुन्।

दोहोरी च्याम्पियनको दोस्रो उपाधि शोभा कार्की र बालचन्द्र बरालको जोडीले पाए भने भने रिता रावत र सविन आचार्यको जोडी तेस्रो भएको छ । प्रतियोगितामा मिना नेपाल र राजेन्द्र पाठकको जोडीलाई सान्त्वना पुरस्कार दिइएको छ।

९ महनिा अगाडिबाट सुरु भएको नेपाल टेलिभिजनको सो प्रतियोगिताको पहिरो सृङ्खला आजबाट सकिएको छ।

प्रतियोगिताको विजेताले २० लाख नगद सहित १ करोडको जीवन बिमा प्राप्त गरेका छन्। उप विजेताले १० लाख र ५० लाखको जीवन बिमा, तेस्रोले २ लाख र सान्त्वना हुनेले २ लाख नगद पाएका छन्।

उनीहरूलाई गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार वितरण गरेका थिए। दोहोरी च्याम्पियनको समापनमा बोल्दै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल तामाङले छिट्टै दोस्रो संस्करण ल्याउने घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु