गृहपृष्ठ पहिलो पटक मुसिकोट कलाकार समाज गठन,अध्यक्षमा उज्ज्वल गिरी
पहिलो पटक मुसिकोट कलाकार समाज गठन,अध्यक्षमा उज्ज्वल गिरी

स्थानीय कला ,सस्कृती,लोपहुन लागेका भाका र मौलिकतालाई सम्बर्द्धन र प्रबर्द्धन गर्ने उद्देश्यका साथ गुल्मीमा मुसिकोट कलाकार समाज गठन गरिएको छ।लामो समयदेखी नेपाली कलाकारीता क्षेत्रमा सक्रिय हास्य कलाकारको रुपमा पनि चिरपरिचित उज्ज्वल गिरीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।समाजको उपाध्यक्षमा विस्णु श्रीपली र नरेश खाती चयन भएका छन भने सदस्यहरूमा ओम सेन्चुरी ,गोबिन्द बिसी र सन्दिप जिसी चयन भएका छन् ।त्यसैगरी क्रमश सुरज बिसी,उज्ज्वल खत्री,कमल बराल,अनिल बिक र महेन्द्र गौतम चयन भएका छन् ।नेपालको लोकदोहोरी क्षेत्रका मुर्धन्य गायक बम बहादुर कार्की र मुसिकोट नगर प्रमुख सोमनाथ सापकोटा भने उक्त समाजको संरक्षकमा चयन भएका छन्।समाजको सल्लाहकारमा भने प्रकाश काफ्ले,ज्ञानु सापकोटा ,रामकृष्ण कंडेल,रविलाल पौडेल ,जनार्दन घिमिरे र प्रेम सुनारलाई राखिएको छ।पहिलो पटक गुल्मी मुसिकोट महोत्सव आयोजना हुनु र उक्त अबसरमै मुसिकोट कलार समाज गठन हुनुले नेपाली कलाकारीता क्षेत्रलाई मलजल गर्न कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ।