गृहपृष्ठ पाँच दलीय गठबन्धन क्षणिक खेल मात्र हो:ओली
पाँच दलीय गठबन्धन क्षणिक खेल मात्र हो:ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दुई दिनको खेल रहेको बताएका छन्।
प्रगतिशील इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको परमाधेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल भएको आरोप लगाएका हुन्।
पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि यो दुई दिनको केटाकेटीको खेल हो। अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो। टालाटुली बाटुल कति राम्रा पुतली भने जस्तै हो।
यी टालाटुली बटुलेका पुतलीहरू राम्रो पनि छैनन्। टाला पनि मिलाएर बनाउन जानेका छैनन्,’ ओलीले भने।