२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ पाकिस्तानमा भूकम्प,२० को ज्यान गयो

पाकिस्तानमा भूकम्प,२० को ज्यान गयो

पाकिस्तानमा बिहीबार बिहान भूकम्प जाँदा २० जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बिहान ३ बजेतिर दक्षिणी पाकिस्तानको बलोचस्तानमा ५.७ म्याग्नेच्युडको भूकम्प गएको थियो।

समाचार संस्था एएफपीका अनुसार प्रान्तका उच्च अधिकारी सुवाहिल अन्वार हास्मीले एक बच्चा र ६ जना महिलासहित २० जनाको मृत्यु भएको जानकारी दिएका छन्।

भूकम्पले केही घर भत्किँदा उनीहरूको मृत्यु भएको हो। भूकम्पमा परी दुई सयभन्दा बढी मानिस घाइते भएका छन्।


भूकम्पबाट सबैभन्दा धेरै हारनाई सहर प्रभावित भएको बताइएको छ। भूकम्पको केन्द्रबिन्दु पनि त्यहीँ थियो। केन्द्रबिन्दुदेखि १०२ किलोमिटर टाढा रहेको प्रान्तीय राजधानी क्वेटासम्म पनि भूकम्पको धक्का महशुस गरिएको थियो।

उद्धार कार्य अहिले पनि जारी रहेको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार मारिनेमा धेरै महिला र बालबालिका रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु