२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ पाल्पाको जोर्तेमा ट्रक दुर्घटना,२ जना घाइते

पाल्पाको जोर्तेमा ट्रक दुर्घटना,२ जना घाइते

पाल्पाको जोर्तेमा मालबाहक ट्रक दुर्घटना भएको छ।आज विहान करिब ५.४५ बजेतिर बुटवल बाट तम्घास तर्फ आइरहेको ना २ ख ९५८२नको ट्रक रिब्दिकोट गाउँ पालिका २ जोर्तेमा दुर्घटना ग्रस्त भएको हो।ट्रकमा चालक सहित २ जना रहेका थिए।

२ जनालाईनै प्रहरी चौकी अर्गली पाल्पाले उद्धार गरि युनाइटेड मिसन अस्पताल पठाएको प्रहरीले जनाएको छ।घाइते हुनेहरुमा चितवनका अन्दाजी बर्ष ४५ का चालक हिरालाल चौधरी र सोही जिल्लाका अन्दाजी बर्ष २८ का सहचालक सिकारम चौधरी रहेको प्रहरीले जनाएको छ।

घाइते मध्ये चालक चौधरी लाई हात खुट्टा मुख तथा शरिरमा चोटपटक लागेको छ भने सहचालक सिकाराम लाई हातमा चोट लागेको समाचारमा उल्लेख गरिएको छ।दुर्घटना ब्रेक नलागेर भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु