२०७९ असोज ७ गत शुक्रवार | September 23, 2022

Bharat Poudel

गृहपृष्ठ पाल्पामा पहिरोले ३गाडी बगायो

पाल्पामा पहिरोले ३गाडी बगायो


पाल्पा जिल्लाकाे तानसेन नगरपालिका ११ सम्मोबारीमा पहिराेले तीनवटा गाडि बगाएकाे छ।

पाल्पा गुल्मी सडक खण्डमा पाल्पाबाट गुल्मी तर्फ जादै गरेको हाल सम्म नम्बर नखुलेको ३ वटा सवारी साधन (कार,ट्रक र मिनि ट्रक) लाई सडक देखि माथिबाट पहिरो आएर लगेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ।

करिव ४.३० बजेकाे समयमा पहिराेले गाडि बगाएकाे भन्ने खबर प्राप्त हुनासाथ प्रहरी नायव उपरीक्षक मदन गिरीको कमाण्डमा १५ जनाको टोली खटिएकाे प्रहरीले जनाएकाे छ।घटनाकाे विस्तृत विवरण आउन भने बाँकी रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु