२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ पाल्पामा बस दुर्घटना हुँदा ८ को ज्यान गयो ,अन्य घाइते

पाल्पामा बस दुर्घटना हुँदा ८ को ज्यान गयो ,अन्य घाइते

पाल्पामा यात्रुबाहक बस दुर्घटना भएको छ। शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लगुवामा दुर्घटनाग्रस्त हुँदा ८ जनाको मृत्यु भएको हो।

लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो।

दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी रामेश्वर त्यातीले जानकारी दिएका छन्। दुर्घटनामा थप ८ जना घाइते भएको हार्थोक प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु