गृहपृष्ठ पाेर्चुगलमा नेपाली ठगहरु बढ्दै भन्नु झुटकाे खेती कि यथार्थ!
पाेर्चुगलमा नेपाली ठगहरु बढ्दै भन्नु झुटकाे खेती कि यथार्थ!

पाेर्चुगलमा आप्रवासीहरु प्रति नरम नितिकाे कारण पछिल्ला बर्षहरुमा आप्रवासीहरुकाे आगमन उल्लेख्य छ। विशेषत: युरोपेली मुलुक छिरेका, अन्य मुलुकहरुबाट समेत भिजिट भिषामा भित्रीने र यहाँकाे नियम अनुसार कानुनी प्रक्रिया अगाडि बढाउने गरेकाे पाईन्छ।
हरेक बर्ष हजारौंकाे संख्यामा आप्रवासी भित्रीने पाेर्चुगलमा साधनस्रोत सिमित छन्। ती सिमित साधनस्रोतमा नै यहाँका सबै जनता र आप्रवासी हरु भर पर्नुपर्ने हुन्छ। आर्थिक वृद्धिदर त्यति राम्रो नभएकाे ,भाैगाेलिक रुपमा पनि सानाे याे देशमा बढ्दाे आप्रवासीहरुकाे संख्याले आगामि दिनहरु थप चुनाैतिपुर्ण हुनसक्ने देखिन्छ।
पहिलाे र दाेस्राे फेजकाे काेराेना संक्रमणकाे नराम्रो धक्का बेहाेरेकाे पाेर्चुगलले सरकारकाे उत्कृष्ट नितिका कारण आँकलन गरिए भन्दा केही सहजताका साथ काेराेना भाइरस विरुद्धकाे लडाइमा सफलता प्राप्त गरिरहेकाे छ।जुन हाम्राे लागि सुखद पक्ष हाे। काेराेना महामारीकाे कारण यहाँकाे स्वास्थ्य संरचना नै अस्तब्यस्त हुन सक्ने आँकलनका बीच कुसलताका साथ कार्यसम्पादन गर्दै काेराेनाकाे प्रभाव न्यून गराउदै लैजानु यहाकाे सरकारकाे ठुलै सफलता हाे।
अन्तिम समयका तथ्यांकहरु हेर्दा अब छिट्टै पाेर्चुगल सामान्य दैनिकीमा फर्कने छ। यहाँ ठप्प रहेकाे व्यापार व्यावसाथ सुचारु हुने छ। राेजगार गुमाएका हजारौं जनताहरु पुनः श्रमबजारमा सक्रिय हुने छन्। आर्थिक गतिविधि हरु तिब्र रुपमा अगाडि बढ्ने छन् भन्ने आशा गराै। तर साेचेजस्ताे सजिलाे नहुन सक्छ अब पाेर्चुगलकाे बसाइँ।
यहाँकाे व्यापार व्यावसाय माथी उकास्न केही समय अवस्य लाग्ने छ।थाेरै मेहनतका साथ र सहज तरिकाले याे सम्भव छैन। सिमित साधनस्रोतका बीच त्यहि पनि थिलाेथिलाे परेकाे अवस्थामा सजिलै आर्थिक सहजताकाे सम्भावना न्यून रहन्छ।
राेजगारी गुमेकाहरुलाइ पनि तत्काल राेजगारमा फर्कन सम्भव नहुन सक्छ। याे बेला आर्थिक अभावकाे कारण चाेरि , ठगी ,लुटपाट लगायतका सामाजिक विकृतिहरुले प्रसय पाउने छन्। मानिसहरु जीवन पाल्नकै लागि याे गर्न बाध्य हुनसक्छन।
यसकाे सबै श्रेय आप्रवासीहरु भएकाे र यिनिहरुकै कारण यि सामाजिक विकृतिहरु उत्पन्न भएका हुन् भन्ने बुझाई प्रचुगिस नागरिक हरुमा पर्न गयाे भने यसले आप्रवासीहरुकाे लागि पाेर्चुगलकाे बसाइँ थप असहज हुनसक्छ। यसमा पनि कुन समुदायका आप्रवासी भनेेर छुट्याउन सक्ने र तिनिहरु प्रतिनै यहाँका नागरिकहरु कठाेर बन्न सक्ने सम्भावना रहन्छ।
यस्ताे अवस्थामा हाम्राे मुख्य दायित्व भनेकाे नेपाली समुदाय प्रति उनिहरुकाे विश्वास जित्नुनै हुने छ। आजका दिनसम्म हेर्दा नेपाली समुदाय प्रती प्रचुगिस नागरिकहरु सकरात्मकनै देखिन्छन्। नेपालिहरु लगनशील ,मेहनति र इमान्दार हुन्छन भन्नेनै उनिहरुकाे बुझाइ रहेकाे देखिन्छ। भाषागत समस्या बाहेक नेपालिहरुलाइ काम दिने कुरामा उनिहरुकाे कुनै आपत्ति देखिदैन।
हामीले हाम्रो समुदाय प्रति सकरात्मक प्रभाव जति बढाउन सक्छौ त्यति नै हाम्रो यहाकाे बसाइँ सहज हुँदै जान्छ भने हाम्रो सामु अवसरहरु पनि बढ्दै जानेछन। तर हाम्रो समुदाय प्रति नकारात्मक प्रभाव बढ्दै गयाे भने हाम्रो लागि यहाँकाे बसाइँ क्रमशः कठिन हुँदै जाने छ। तर यस्ताे गम्भीर बिषय प्रती नेपाली समुदायले खासै चासाे दिएकाे देखिदैन।
हामी सजिलै नेपाली समुदायका नागरिकहरुलाई लाई ठग, फटाहा, दलाल भनेर सामाजिक संजालमा लेख्छाै। त्यसमा लाइक, कमेन्ट पनि धेरै आउछन्। यहीँ लाइक, कमेन्ट र व्यक्तिगत लाेकप्रियता बढाउने प्रलाेभनमा हामी कतै हाम्रै समुदाय प्रतिकाे विश्वास गुमाइरहेका त छैनाै ? याे एकपटक गम्भीरतापूर्वक साेच्ने बेला र बिषय बनेकाे छ। हाे हामी फरक फरक प्रबृत्ति र आचरणका मानिस हौं।
हाम्रो बीचमा धेरै समस्याहरु छन तर यहीँ हाम्रो समस्याहरुकाे बीचमा अर्काे समुदायले हस्तक्षेप गर्ने दिन आयाे भने हाम्रो अवस्था असहज हुन सक्छ। हामी कसैलाई आराेप लगाउनु पुर्व हजार पटक सोचौं। हिजाे आज र भाेलिका लागि साेचाैं।आवस्यक प्रमाणहरु जुटाउ र कसैलाई कुनै कुराकाे आराेपि मात्र नबनाई त्यसलाई प्रमाणित गरी कार्वाहीकाे भागिदार गराउँ।
तर सामाजिक संजालमा आराेप- प्रत्याराेप गर्ने बाहेक कुनै कानुनी कार्वाहीमा नेपाली समुदाय लागेकाे खासै देखिदैन। हामी सामाजिक संजाल मार्फत कति सजिलै भनिदिन्छाै है , पाेर्चुगल ठग, दलाल हरुकाे हव बन्दै छ। याे भन्दै गर्दा त्यसले आफुलाइ र आफ्नो समुदायलाई पार्ने प्रभावकाे बारे साेचाै त एक पटक।
यदि नेपालीहरु ठग ,फटाहा र दलाल हुन् भने प्रभाव यहाँका नागरिक र अन्य मुलुकका आप्रवासीहरुमा पर्याे भने! के हामी तिनिहरुका प्रिय बन्न सक्छाै त ? के हामीले सहजै राेजगारिकाे अवसर पाउला त ? तपाईंहामीले संचालन गरेका व्यापार व्यवसायले उनीहरुकाे मन जित्न सक्ला त! अह किमार्थ सकिँदैन। सबैभन्दा ठुलो कुरा भनेकाे विश्वास हाे।
जब हामी र हाम्रो समुदायले अन्य नागरिक सामु विश्वास गुमाउछाै तब हामीलाई हरेक पाइला- पाइलामा असहजता हुँदै जानेछ।
यसकाे अर्थ यहाँ ठग दलालहरु छदैछैनन् र जति ठगिए पनि चुपचाप बसाैं।भन्न खाेजिएकाे चाहिँ हाेईन। यहाँ केही ठग दलाल पनि छन हाेला। काेही ठगिएका पनि छन हाेला। यदि हामी कानुनी प्रक्रियामा गयाैं र ती ठग, दलालहरुलाइ कानुनी कार्वाही गर्याै भने! याे ठगि प्रवृतिकाे अन्त्य हुनेछ र हाम्रो समुदाय प्रतिकाे विश्वासमा पनि कमि हुने छैन।
तर समाजिक संजालमा प्रमाण विहिन राेइलाे गरेर के गर्नु !यसले हामी लाई कुनै पनि हालतमा फाइदा गर्दैन। फलानाे ठग हाे ,फलानाे दलाल हाे भनेकाे सुन्नु सामान्य भइसकेकाे छ। पाेर्चुगलमा तर अहिलेसम्म एकजनालाई पनि सायद कार्वाही गरिएकाे छैन हाेला ठग दलालकाे नाममा। गलत काम र गलत प्रवृत्तिलाई कहिल्यै क्षामा दिनु हुदैन।
उनीहरुलाइ कार्वाहीकाे दायरामा ल्याउनुपर्छ। एक जनाले एक जना ठगलाई एक पटक क्षमा दियाे भने त्यसले अरु सयाै जनालाई ठग्न सक्छ र अरु सयाै ठगहरु जन्मन सक्छन्। यसमा सचेतना अपनाउनु जरुरी छ।
पाेर्चुगलमा नेपाली ठग , दलाल छन भन्दै सामाजिक संजाल रंग्याउने तर एक जनालाई पनि कार्वाहीकाे दायरामा नल्याउनुले अनाैंठाे दृश्य देखाउछ। हामी हाम्रो समुदाय प्रतिनै बितृष्णा सृजना गर्ने तर्फ किन लागि परेका छाै त ? याे पक्कै पनि हाम्रो लागि राम्रो हुनेछैन।
अहिले पाेर्चुगलकाे नेपाली समुदायमा यी ठग र दलाल भन्ने शब्दहरु जबर्जस्त उठिरहेका छन्। यी शब्दहरुलाइ कस्ले के प्रयाेजनकाे लागि यसरी उचालिरहेकाे छ, याे निकै साेचनिय बिषय बनेकाे छ। नेपाली समुदायले नेपाली समुदायलाइनै यसरी आराेप लगाइरहँदा कसलाई कहाँ र के फाइदा हुन्छ हाेला ? याे प्रश्नकाे उत्तर अझै उनुत्तरितनै छ।
एकाध गलत नियत भएका मान्छेहरुलाई सामाजिक तिरस्कार गर्ने , कार्वाहीकाे दायरामा ल्याउने गर्नुकाे सट्टा ठग र दलालहरु काे हवनै भयाे भन्दै हिड्दै गर्दा हामीलाई पक्कै फाइदा गर्दैन्। यहाँका विभिन्न सक्रिय संघ-संस्थाहरु प्रति नेपाली समुदायकै बितृष्णा बढ्दै जानू र यस्ता खालका अफवाह फैलदै जानुले हामीलाई हामीबाटै एक्ल्याउदै जान सक्छ। त्यसैले हामी बेलैमा सचेत बनाै।
यहाँ अन्य आप्रवासीहरु सँगै नेपाली पनि दैनिक जसाे बढिनै रहेका छन्। अनेक साेच र बिचारका मानिसहरु छन्। धेरै जसाेलाई तुरुन्तै पैसा चाहिएकाे छ। त्यसैले जस्ताे सुकै कर्म गर्न पनि तयार हुनसक्छन्।
समयमै त्यस्ता व्यक्तिहरु पहिचान गरी कार्वाहीकाे दायरामा ल्यानुपर्छ। कुनै पनि मानिस सँग सहकार्य गर्दा उसकाे बारेमा सबै कुरा बुझेर मात्र गर्ने बानिकाे बिकास गराैं। प्रायःजसो ठग ,दलालहरुले कुरा निकै चिल्ला र सत्य हुन् कि जस्तै गर्छन्।
यिनिहरुबाट आफू पनि बचाैं र अरुलाइ पनि बच्न सहयाेग गराैं। यस्ता व्यक्तिहरुकाे संगत नगराैं र सामाजिक बहिस्कार गराैं । तर सस्तो लाेकप्रियताकाे लागि व्यक्ति र प्रमाण बिना समाजिक संजालहरुमा अनावश्यक अफवाह फैलाउने काम नगराैं।
सबैकाे पाेर्चुगल बसाइँ सहज र सुखद रहाेस्।
जय देश जय नेपाल