गृहपृष्ठ पुनमको सर्हानिय कार्य:एनआरएनए युकेको नयाँ कार्यसमितिलाई ३ करोड ५० लाख हस्तान्तरण
पुनमको सर्हानिय कार्य:एनआरएनए युकेको नयाँ कार्यसमितिलाई ३ करोड ५० लाख हस्तान्तरण

निर्वाचन ताकाका अनेकौं उल्झन, हन्डर र रडाको पार गरेर सन् २०१९ को सेप्टेम्बरमा निर्वाचित भएतापनि उनको नेतृत्वको कार्यसमितिले पुरानो कार्यसमितिबाट एनआरएनए युकेको बैंक खातापाताको जिम्मा जनवरी १९, २०१९ मा लिंदा झण्डै २६ हजार पाउण्ड घाटा थियो।
“भनिन्छ नी किफायती घरखर्च चलाउन पर्यो भने महिलालाई जिम्मा दिनु” भने झैं यसरी हजारौं घाटाको बैंक खाताको एकाउन्ट बुझेकी एनआरएनए युकेकी निवर्तमान अध्यक्ष पुनम गुरुङले ठिक दुई नपुग्दै त्यही संस्थाकोको बैंक खाताको एकाउन्टमा झण्डै सवा दुई लाख पौण्ड अर्थात तीन करोड ५० लाख रुपैया बराबरको बचत पुर्याएर नयाँ कार्यसमितिलाई २३ अक्टोबरमा एक कार्यक्रम बीच हस्तान्तरण गरेकी छन्।
बर्ष २०१९-२१ को एनआरएनएको सबैभन्दा ठूलो राष्ट्रिय समन्वय परिषदको पहिलो महिला अध्यक्षको जिम्मेवार लिइरहदा धेरैले उनीप्रति संशय व्यक्त गरेका थिए, के पुनमले अध्यक्ष चलाउन सक्लिन ?
अनुभव र कार्यक्षमता नदेखेका आम बेलायतबासी र अन्य समेतको आशंका बिच उनले कार्यभार सम्हालेको केही समयपछि विश्वव्यापी कोरोनाको महामारी फैलियो, यसबाट बेलायत पनि अस्तब्यस्त बन्यो, तर महामारीको बीचमा पनि कतिपय अन्तर्राष्ट्रिय समितिले समेत आक्न नसक्ने खालाका कार्यक्रम आयोजना गरेर उनले आफ्नो सफल कार्यकाल मात्र पूरा गरिनन्, महिला भनेर कमजोर ठान्ने केही स्वघोषित अगुवार र सधैं खोंचे थापेर विरोध र मुद्दा मामिला गरिरहने आफ्ना विरोधीलाई मुडतोड जवाफ पनि दिइन्।
उनकै पालामा अग्रजहरूको सम्मानमा Reflect & Respect जस्ता ऐतिहासिक कार्यक्रमको सफल आयोजना भयो।
आफ्नो कार्यकालको उत्तरार्धमा एनआरएन आईसीसीको आह्वानमा “अक्सिजन पठाऔं – आफन्त बचाऔं” अभियान अन्तर्गत दुई हप्तामा २ करोड ६० लाख संकलन मात्र गरिनन् बिभिन्न संघसंस्थाबाट “एक संस्था-एक अक्सिजन” अभियान समेत चलाइन्।
बिसिसी यूके २१, सोनी यूके १५, पासापुँच गुठी १० तत्काल सहयोग गरे भने अन्य धेरै संस्थाहरूले पुनम नेतृत्वलाई दर्बिलो हात दिए र आईसीसी संगको समन्वय र सहकार्यमा पहिलो पटक यूकेबाट मात्रै १५० अक्सिजन कन्स्ट्रेशन नेपाल सरकारलाई बुझाउन सफल भइन्।
यसरी महामारीको बेला अक्सिजन सिलिन्डर, कन्सन्टेटर लगायतका करोडौं मूल्य बराबरका सामान उनकै पालामा नेपालको जिल्ला जिल्लामा पुर्याउने काम भयो।
मातृभुमि नेपालका लागि त सहयोग गरिन नै उनकै नेतृत्वमा युकेमा कोभिडको बेला पूर्व गोर्खाजहरू, बृद्द तथा विद्यार्थीहरुलाई सहयोगको असंख्य नजिरहरू स्थापित गरिन।
उनले आफ्नो कार्यकालमा दुई दर्जन भन्दा धेरै ठूलास्तरका भर्चुअल र भौतिक कार्यक्रम आयोजना गरिन।
कार्यकाल सकिने बेलासम्म आइपुग्दा
जस्तैप्रतिकूलताकामा पनि दृढतापूर्वक काम गर्न सक्ने भनेर एनआरएनए भित्र “आइरन लेडी” का रूपमा पनि चर्चित बनिन्।
“टीमवर्क, अग्रज अभियान्ताको निस्वार्थ सहयोग र सद्भावका कारण नै अनेकौं प्रतिकूलताका बीचपनि यति धेरै काम गर्न सकिएकोमा खुशी छु, सबैप्रति आभार व्यक्त गर्दछु” उनले छोटो प्रतिक्रिया दिइन्।
“बैंक हिसाब किताब र लेखापरीक्षणका प्रक्रिया पूरा गर्न झण्डै दुई महिना लाग्यो, अब २ लाख एघार हजार ५ सय अर्थात झण्डै तीन करोड ५० लाख रुपैयाँ बचत सहितको हरहिसाब र खाता हस्तान्तरण गरेको छु ।” अक्टोबर २३ तारिख नवनिर्वाचित कार्यसमितिलाई हस्तान्तरण गरे पश्चात उनले सगौरव बताइन्।
बेलायतको कम्युनिटी अवार्डद्वारा पनि सम्मानित
गुरुङले भर्खरै बेलायतको बेजिङस्टोक क्षेत्रमा प्रदान गरिने एक कम्युनिटी अवार्ड प्राप्त गरेकी छन्।
स्थानीय समुदाय र परोपकारी क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै ‘कम्युनिटी अचिभर अवार्ड’ प्रदान गर्ने घोषणा गरिएको छ।
बेजिङस्टोक अफ्रिकन क्यारेबियन क्याथोलिक एशोसिएसन (बिएसीसीए) को आव्हानमा हरेक वर्ष मनाइने ‘ब्ल्याक हिस्ट्री मन्थ’ का अवसरमा यो अवार्ड दिइने गरेको छ। यस वर्ष गुरुङसहित अन्य समुदायका समेत जम्मा १० कम्युनिटी लिडरलाई अवार्डका लागि छनोट गरिएको छ।
गुरुङलाई अवार्डको लागि छनोट गरिएको घोषणा गर्दै उक्त संस्थाले उनको अगुवाइमा भएका परोपकारी कामहरुको कदर गरिएको जनाएको छ।
क्यान्सरपीडीतहरुको सहयोगार्थ च्यारिटी दौड, नेपालमा विपन्न परिवारका बालबालिकाको शिक्षादिक्षा, कोभिड महामारीका बेला नेपाललाई बेलायतबाट डेढ सय अक्सिजन सहयोग लगायतका कार्यमा गुरुङले गरेको सफल नेतृत्वको कदरस्वरूप अवार्ड प्रदान गरिएको जनाइएको छ।
एनआरएनएनए यूके इतिहासकै पहिलो महिला अध्यक्ष गुरुङ बेलायतको नेपाली समुदायकी एक अग्रणी अभियन्ता हुन्। कोभिड महामारीका बेला उनको नेतृत्वमा सहयोग तथा राहतको प्रभावकारी अभियान सञ्चालन गरिएको थियो।
बेलायतस्थित अन्य नेपाली संघसंस्थामा समेत आबद्ध रहेर गुरुङले सामाजिक क्षेत्रमा योगदान गर्दै आएकी छन्।
तमुधिं यूके र क्वोने घोण्डे घोताने समाजमा आमा समूहकी संस्थापक अध्यक्ष उनी तमुधिं यूके, बेजिङस्टोक नेपाली समाजसहित विभिन्न संघसंस्थामा सल्लाहकारको भूमिकामा छन्। नेप्लिज वुमन एशोसिएसनमा समेत उनी उपाध्यक्ष छन्।