गृहपृष्ठ पुर्वप्रधानमन्त्री नेपाल अकस्मात नेपाल फिर्ता,युरोपका अन्य कार्यक्रम स्थगित
पुर्वप्रधानमन्त्री नेपाल अकस्मात नेपाल फिर्ता,युरोपका अन्य कार्यक्रम स्थगित

पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अकस्मात् युरोप भ्रमण छोट्याएर नेपाल फर्केका छन्।
प्रवासी नेपाली एकता मञ्चका प्रचार विभाग प्रमुख शेरबहादुर परियारका अनुसार नेपाल जानु पर्ने भएको भन्दै स्पेनबाट कतार एयरलाइन्सबाट नेपाल फर्कन लागेका हुन। टर्किस एयरलाइन्सका टिकट रद्द गरी कतार एयरलाइन्सबाट नेपाल फर्केका हुन।
पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल अगष्ट १५ अर्थात् २०८० साउन ३० गते युकेमा रहेका नेपाली समुदायको साधरण सभालाई सम्बोधन र पत्रकार सम्मेलनको आयोजना गर्नुका साथै काउन्सिल हरुको उपलब्धि माथि सम्बोधन गर्ने कार्यक्रम रहेको थियो।
अध्यक्ष नेपालकाे सबै कार्यक्रम स्थगित गरिएको जानकारी आयोजकले दिएका छन्।