गृहपृष्ठ पूर्वमन्त्री बाँस्कोटाद्वारा मिश्र विरुद्ध मुद्दा दर्ता
पूर्वमन्त्री बाँस्कोटाद्वारा मिश्र विरुद्ध मुद्दा दर्ता

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जिल्ला अदालत, काठमाडौंमा गाली बेइज्जतीमा मुद्दा दायर गरेका छन् ।प्रेस खरिदबारे ७० करोड रुपैयाँ कमिसन मागेको टेप प्रकरणपछि मन्त्रीबाट राजीनामा दिएका बाँस्कोटाले अडियो सार्वजनिक गर्ने विजय मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन्।
बाँस्कोटाले शुक्रबार गाली बेइज्जतीमा मिश्रविरुद्ध रिट दायर गरेका हुन् । उनले सामाजिक सञ्जाल मुद्दा दायर गरेबारे जानकारी दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु।