गृहपृष्ठ पूर्व मिस नेपाल माल्भिका सुब्बाले श्रीमानसँग गरिन् सम्बन्ध विच्छेद
पूर्व मिस नेपाल माल्भिका सुब्बाले श्रीमानसँग गरिन् सम्बन्ध विच्छेद

पूर्वमिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेकी छन्।
प्रियंका कार्कीको ‘द फोर्थ ट्राइमेस्टर’ नामक पडकास्टमा अतिथि बनेर पुगेकी उनले दुई वर्षअघि सम्बन्ध विच्छेद गरेको बताएकी हुन्। उनले घर छाडेको ४ वर्षपछि सम्बन्ध विच्छेद गरेको बताइन्।
छोरा दुई वर्षको हुँदा घर छाडेको र गाह्रो भैसकेपछि आफूले अलग हुने निर्णय गरेको उनले बताईन् । ‘मेरो विवाह बिग्रिसकेपछि त्यो घर छोडेर जाँदा हाम्रो सम्बन्ध एकदम राम्रो थिएन। हामी एक-अर्कासँग बोल्न पनि सक्दैनथ्यौं। हामी जहिले झगडा गथ्यौं।’ उनले भनिन् , तर बाबु कोठामा हुँदैनथ्यो वा नजिक हुँदैनथ्यो। ऊ धेरै नै सानो थियो। छोरा दुई वर्षको हुँदा घर छोडेँ। मलाई धेरै गाह्रो भइसकेपछि म एक्लैले त्यो निर्णय लिएँ। मेरो परिवारले मलाई समर्थन गर्नु भएन। अहिले ठिक छ। त्यो समर्थन लिन पनि मलाई तीन-चार वर्ष लाग्यो।’
श्रीमानसँगको सम्बन्ध बिग्रिए पनि छोरालाई उसको बुवा र परिवारबाट कहिले पनि नछुट्टाउने आफ्नो सोच रहेको उनले बताइन्।
‘मैले सम्बन्ध विच्छेद गर्दा केही लिइनँ। मलाई केही चाहिदैन बच्चाको लागि मात्र हेरदेऊ भनें। हामीले सम्झदारीमै छोराको को-कस्टडी गर्ने निर्णय लियौं। सम्बन्ध विच्छेद गरेर पछुताएको होइन तर त्यतिबेला मैले रित्तो महसुस गरेँ।’ उनले भनिन्।
सोमबार सार्वजनिक भएको उनले अन्तरवार्तामा गर्भवती भएपछि श्रीमान् रियाज श्रेष्ठसँगको सम्बन्ध थप बिग्रँदै गएको र सम्बन्धमा नसुल्झिएका मुद्दाहरूले घेरेको बताइन्।
श्रोत:साझा पोस्ट
पूर्वमिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेकी छन्।
प्रियंका कार्कीको ‘द फोर्थ ट्राइमेस्टर’ नामक पडकास्टमा अतिथि बनेर पुगेकी उनले दुई वर्षअघि सम्बन्ध विच्छेद गरेको बताएकी हुन्। उनले घर छाडेको ४ वर्षपछि सम्बन्ध विच्छेद गरेको बताइन्।
छोरा दुई वर्षको हुँदा घर छाडेको र गाह्रो भैसकेपछि आफूले अलग हुने निर्णय गरेको उनले बताईन् । ‘मेरो विवाह बिग्रिसकेपछि त्यो घर छोडेर जाँदा हाम्रो सम्बन्ध एकदम राम्रो थिएन। हामी एक-अर्कासँग बोल्न पनि सक्दैनथ्यौं।
हामी जहिले झगडा गथ्यौं।’ उनले भनिन् , तर बाबु कोठामा हुँदैनथ्यो वा नजिक हुँदैनथ्यो। ऊ धेरै नै सानो थियो। छोरा दुई वर्षको हुँदा घर छोडेँ। मलाई धेरै गाह्रो भइसकेपछि म एक्लैले त्यो निर्णय लिएँ। मेरो परिवारले मलाई समर्थन गर्नु भएन। अहिले ठिक छ। त्यो समर्थन लिन पनि मलाई तीन-चार वर्ष लाग्यो।’