२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ पेटमा अत्याधिक ग्यास भरिएर समस्या हुनुन्छ भने,यी हुनसक्छन् कम गर्ने सरल उपायहरू

पेटमा अत्याधिक ग्यास भरिएर समस्या हुनुन्छ भने,यी हुनसक्छन् कम गर्ने सरल उपायहरू

जीवनशैलीमा आएको परिवर्तनसँगै मानिसको खानपिन पनि बदलिएको छ। बेस्सरी मसला हालेको खाना खाएर एसिडिटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ।

यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ। तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपाय छन्।

१. अमला तपाईँलाई एसिडिटीको समस्या छ भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम पुग्छ।

२. ज्वानो ज्वानोलाई पानीमा उमालेर पिउनुस्। ग्यासको समस्या तत्काल निको हुन्छ।

३. तुलसीका पात तुलसीका पातले रुघाखोकीका साथसाथ ग्यासबाट पनि छुटकारा दिलाउँछन्।

४. बेसार दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या भाग्छ । पेट दुखेको छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर खानुभए पनि हुन्छ।

५. जिरा कब्जियत वा पेटका अन्य दुखाइमा जिरालाई भुटेर त्यसमा वीरे नुन हालेर पानीमा उमालेर खाँदा पनि ग्यासले सताउँदैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु