Covid-19
City Express

पेटसम्बन्धी सबै समस्या समाधान गर्ने हरियो धनियाँका यस्ता छन् फाइदै फाइदा

Dhaniya

काठमाडौं – हाम्रो भान्सामा तरकारीमा सुगन्ध थप्न हरियो धनियाँको प्रयोग गरिने गन्छि । तरकारी मिठो बनाउन हरियो धनियाँ हाल्ने गरिन्छ । हरियो धनियाँ तरकारीमा राखेमा खाँउ खाँउ जस्तो लाग्ने गरी बास्ना आउँछ । हरियो धनियाँको पिसेर चट्नी पनि बनाउने गरिन्छ । 

हरियो धनियाँको चट्नी खानासँग निकै मिठो हुन्छ । हरियो धनियाँले हाम्रो स्वास्थ्यको लागी धेरै नै फाइदा गर्छ । हरियो धनियाँमा भिटामिन ’सी’, भिटामिन ’के’, खनिज पदार्थ र प्रोटिन प्रशस्त पाइन्छ । यसको सेबनले रोग प्रतिरोधात्मक क्षमतालाई बढाएर विभिन्न रोग लाग्न बाट बचाउछ । 

यसको नियमित सेबन गरेमा अपचको समस्या हट्छ । तपाइलाई एसिडिटी र कब्जियत छ भने पनि यसको सेबनले ठिक हुन्छ । यसले पेटमा रहेका कीटाणुहरु मार्नेहुनाले  यसको सेबनले पेटसम्बन्धी सबैजसो समस्या हराउछ ।

हरियो धनियाँको दैनिक सेबन गर्नाले तपाइको भोक हराउछ । धनियाँको सेवनले रगतलाई शुद्धिकरण गरेर शरीरमा अनावश्यक कोलेस्टोरललाई नियन्त्रण गर्छ ।खराव कोलेस्टेरोललाई निस्काषित गरेर रक्तचापलाई नियन्त्रण राख्छ ।यसले मधुमेह र मुटुसम्बन्धी रोगबाट बचाउछ । उसको सेबनले आँखाको विभिन्न समस्या  पनि समाधान गर्छ । 

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु