गृहपृष्ठ पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। यसअघि माघ २८ गते बुधबार निगमले पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्यवृद्धि गरेको थियो।
एक सातामै दुईपटक मूल्य वृद्धि गर्नुको पछाडि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा चेलकाे भाउ बढेर घाटा चुलिएको तर्क निगमले गरेको छ।
मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनकाे भाउ लिटरमा दुई रुपैयाँले बढाइएको छ।