गृहपृष्ठ पेट्रोलियम पदार्थको मूल्य बढ्यो,अब पेट्रोलको मूल्य १२७ हुने
पेट्रोलियम पदार्थको मूल्य बढ्यो,अब पेट्रोलको मूल्य १२७ हुने

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो।
अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ। हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन(अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय निगमले गरेको छ।
निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य देखाउँदै पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम गरिएको जनाएको छ। गत वर्ष लकडाउनमा निगमले उच्च नाफा राखेर तेल बेचेको थियो।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको घट्दा मूल्य नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउँदै लगातार मूल्य बढाइरहेको छ।
गत जेठ २२ गते निगमले पेट्रोल, डिजेल/मटितेल तथा हवाई इन्धन (आन्तरिक)को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो।