२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ पोखराकी सक्रिय पत्रकार रोशनीले गरिन् आत्मदाह,पत्रकारीता क्षेत्र स्तब्ध

पोखराकी सक्रिय पत्रकार रोशनीले गरिन् आत्मदाह,पत्रकारीता क्षेत्र स्तब्ध

पोखराकी पत्रकार रोशनी क्षेत्रीले आत्मदाह गरेकी छन्। २५ वर्षीया एलिजाले पोखरा ८, जाल्पारोडस्थित आफ्नै निवासमा सोमबार दिउँसो पेट्रोल छर्केर आत्मदाह गरेकी हुन्।उनको आत्मदाहको खबरले पत्रकारीता क्षेत्र स्तब्ध भएको छ।

जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज (जिएमसी) लगिएकोमा पछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा मंगलबार दिउँसो १२ः४२ मा निधन भएको हो।

चलचित्र पत्रकार संघ नेपाल कास्कीकी कार्यसमिति सदस्यसमेत रहेकी उनले विभिन्न मिडियामा काम गरेकी थिइन्। ७ वर्षदेखि पत्रकारितामा क्रियाशील उनी पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत थिइन्।

उनको शव पोस्टमार्टमपछि आफ्नो निवास जाल्पारोडमा अन्तिम श्रद्धाञ्जीको लागि लगिएको थियो। त्यहाँ करिब १ घण्टा राखिएकोमा अन्त्येष्टिका लागि मंगलबार साँझ सेती किनार शान्तिघाट लगिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु