२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ पोर्चुगलका नेपालीहरु एकैठाउँमा जमघट ,नेपाली मौलिक गीतका भाकामा एकछत्र झुमे

पोर्चुगलका नेपालीहरु एकैठाउँमा जमघट ,नेपाली मौलिक गीतका भाकामा एकछत्र झुमे

प्रदेशमा बस्ने मानिसको ब्यस्त कार्यतालिका हुन्छ।बिहान उठयो ,काममा गयो र राती फर्केर आयो।लगत्तै थकान शरिरसहित बिस्तारामा पल्ट्यो।यो नै प्रदेश बस्ने नेपालीको दैनिकी छ।अक्सर फुर्सदिलो समय कमै मात्रामा हुन्छ।त्यहीँ अत्यन्तै ब्यस्त दैनिकीको बिचमा फुर्सदिलो समय निकालेर आज पोर्चुलमा विभिन्न क्षेत्रका नेपालीहरु जमघट भैइ गीतका भाकामा एकछत्र झुमेका छन्।यो समय जुराउने आयोजक भने तनहुँ समाज पोर्चुगल रहेको छ। समाजले माघेसंक्रान्ती र अङ्ग्रेजी नयाँ बर्षको अबसर पारेर नाचगान सहित बनभोज कार्यक्रमको आयोजना गरेको थियो।उक्त कार्यक्रममा एनाआरएनए पोर्चुगलका सस्थापक अध्यक्ष पुर्ण हमाल, एनआरएन आइसिसी सदस्य रबिन अधिकारी ,एनआरएनए बेल्जियमका आइसिसी सदस्य पदम गुरुङ ,प्रवासी नेपाली एकता मन्चका प्रतिनिधि राजकुमार थापा,जनसम्पर्क समिती पोर्चुगलका अध्यक्ष बिनोद घिमिरे लगायतका विभिन्न संघ-सस्थाका प्रतिनिधि ,कलाकार ,पत्रकार एवम् सयौ नेपालीहरुको उपस्थिति रहेको थियो।उपस्थित नेपालीहरुले बिदेशमा रहेर नेपाली कला, सस्कृती,परम्परा र नेपालीत्वलाई झल्काउन एकमत हुनुपर्नेमा जोड् दिएका थिए।कलाकारको साङ्गीतिक प्रस्तुतिमा नेपालीहरु कम्मर मर्काइ -मर्काइ एक-आपसमा झुमेर नाचेका थिए।कार्यक्रम समाजकी अध्यक्ष बिनु बस्नेतको सभापतित्वमा सचिब गिरिजाप्रसाद सुवेदिले सन्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु