२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ पोर्चुगलका राष्ट्रपति मार्सेलोलाई कोरोना संक्रमण भएको पुष्टि

पोर्चुगलका राष्ट्रपति मार्सेलोलाई कोरोना संक्रमण भएको पुष्टि

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसालाई कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रपति मार्सेलो ७२ बर्षका छन्। कोरोना संक्रमित भएपछि राष्ट्रपति मार्सेलोले आगामी हप्तासम्मका लागि निर्धारित भएका उनका सबै भेटघाट र चुनावी कार्यक्रमहरु रद्ध गरेका छन्।

यही जनवरी २४ तारिखमा पोर्चुगलको राष्ट्रपतिको चुनाव हुँदैछ। राष्ट्रपति मार्सेलो आफ्नो दोश्रो कार्यकालका लागि चुनावी अभियानमा व्यस्त थिए।

राष्ट्रपति मार्सेलोलाई कोरोना पोजिटिभ भएको खबर हिजो सोमबार राति राष्ट्रपतिको आधिकारिक वेवसाइट https://www.presidencia.pt/?idc=10&idi=181421
मार्फत जानकारी दिईएको हो।

कोरोना पोजेटिभको रिपोर्ट आएसंगै उनी बेलेम स्थित राष्ट्रपति निवासमा आइसोलेसनमा बसेका छन्। राष्ट्रपति मार्सेलोको २ दिन लगातार कोरोनाको परिक्षणको नतिजा नेगेटिभ आएता पनि हिजो रातिको कोरोना परिक्षणको पिसिआर रिपोर्ट पोजेटिभ आएको सुचनामा उल्लेख छ।

Presidente da República testa positivo, mas assintomático
Tendo o Presidente da República testado negativo ontem, e apesar do teste antigénio de hoje ser negativo, soube-se agora, às 21h40, que o teste PCR deu positivo.

O Presidente da República, que está assintomático, comunicou ao Presidente da Assembleia da República, ao Primeiro-Ministro e à Ministra da Saúde e, encontrando-se a trabalhar em Belém, aí ficou e ficará em isolamento profilático na zona residencial, aguardando o inquérito epidemiológico.

Cancelou toda a agenda para os próximos dias, a começar com sessão com os peritos no Infarmed e a audição dos Partidos Políticos previstas para amanhã.

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु