Covid-19
City Express

पोर्चुगलका २५ नेपाली संघ-संस्थाद्वारा भारतीय अतिक्रमणको विरोध

राजकुमार थापा

भारतले कालापानी क्षेत्रमा नेपाली सीमा र भू-भाग अतिक्रमण गरेको बिरोधमा युरोपेलीमुलुक पोर्चुगलका २५ नेपाली संघ-संस्थाका प्रतिनिधिहरुद्वारा हस्ताक्षरित विरोधपत्र आज (मे २५ तारिख) लिस्बनस्थित भारतीय राजदुतावासमार्फत भारतका प्रधानमन्त्रीले नरेन्द्र मोदी समक्ष पठाइएको छ ।

राजधानी लिस्बनको अलमेदा पार्कमा भेला भएका संघ-संस्थाका प्रतिनिधिहरुले नेपालको राष्ट्रिय झण्डा, प्ले कार्ड, नेपाल सरकारले हालै जारी नेपालको राजनैतिक र प्रशासनिक नयाँ नक्सा सहित प्रदर्शन र छोटो कोणसभा गर्दै हुलाक मार्फत विरोधपत्र पठाएका छन् ।

बिरोधपत्रमा गैरआवासीय नेपाली संघ, प्रवासी नेपाली एकता मंच, नेपाली जनसम्पर्क समिति, नेपाली समाज, जनप्रगतिशील मोर्चा, नेपाल आदिवासी जनजाति महासंघ, महिला समाज, नारी समाज, चितवन समाज लगायत पोर्चुगलमा क्रियाशील २५ नेपाली संघ-संस्थाका प्रतिनिधिहरुको हस्ताक्षर रहेको छ ।

बिरोधपत्र पठाएपछि छोटो प्रतिक्रिया दिदै एनआरएनएन पोर्तुगल अध्यक्ष तिलक गैरेले भने, “नेपालको सीमा रक्षाका खातिर प्रवासमा रहेका सम्पूर्ण नेपालीको पूर्ण ऐक्यवद्धता छ, राजनैतिक, कुटनैतिक सबै माध्यमहरुबाट वार्ता गरेर भारतद्वारा अतिक्रमित नेपालको भू-भाग फिर्ता ल्याउनु पर्छ, पोर्चुगलमा रहेका सम्पूर्ण गैरआवासीय नेपालीहरु नेपाल सरकारको साथमा छौं ।”

लिस्बन मै भएको छुट्टै एउटा प्रदर्शनमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी पोर्चुगलको अगुवाइमा जुझारु नेपाली युवाहरुले नेपालको राष्ट्रिय झण्डा फराउँदै भारतीय अतिक्रमणको कडा रूपमा विरोध गरेका छन् ।

हेर्नूहोस् विरोधपत्र:

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु