गृहपृष्ठ पोर्चुगलको अबस्था थप जटिल बन्दै,कोरोना संक्रमित हुनेको संख्या १६०० पुग्यो
पोर्चुगलको अबस्था थप जटिल बन्दै,कोरोना संक्रमित हुनेको संख्या १६०० पुग्यो

पोर्चुगल सरकारले कोरोना भाइरस नियन्त्रण गर्न घनिभुत प्रयास गरेपनि अहिलेसम्म नियन्त्रण हुने कुनै लक्षण देखिएको छैन।दिनप्रतिदिन कोरोना सक्रमितको संख्या बढ्नु र मृत्यु हुने संख्यामा पनि वृद्धि हुनुले आम जनमानसमा थप त्रास उत्पन्न भएको देखिन्छ।
पछिल्लो २४ घन्टामा थप ४०० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने उता मृत्यु हुनेको संख्या १४ पुगेको छ।यसरी अब कोरोना संक्रमण हुनेको संख्या १६०० पुगेको छ।