गृहपृष्ठ पोर्चुगलको अस्पतालमा पहिलो नेपाली नर्स
पोर्चुगलको अस्पतालमा पहिलो नेपाली नर्स

काठमाडौ घर भएकी इन्दिरा ब्यन्जनकार श्रेष्ठले पोर्तुगलमा नर्सको लाइसेन्स पाउने पहिलो नेपालीको नर्स रुपमा आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ।
बाल्यकालमा आफ्नो आमाले घर छिमेकीमा सामान्य घाउचोट र सामान्य रुवाखोकीको बिरामीलाई घरमा बोलाई प्राथमिक उपचार गर्नुभएको कारण आफुलाई स्वास्थ क्षेत्रमा लाग्ने प्रेरणा मिलेको बताउनुहुन्छ।
त्यही सपना पूरा गर्ने उद्देश्य सहित चाँदनी उच्च माध्यमिक बिद्यालयबाट १२ कक्षा पास गर्नुभएको ब्यन्जनकार भारतको राजिब गान्धी बिश्व बिद्यालयको स्वास्थ र बिज्ञान अन्तर्गत रवण क्याम्पसबाट ब्याचरल हासिल गरी नर्सिङ पेशा आबद्ध हुनुभएको हो।
तर उहाँ यतिमा मात्रै रोकिनु थिएन। आफ्नो आकाँक्षा पुरा गर्न ललितपुर जिल्ला पुल्चोकमा अबस्थित निदान अस्पताल तथा नेपाल अर्बुद हस्पिटल तथा अनुसन्धान केन्द्र हरिसिद्धीमा र केही समय स्वयंसेवक रुपमा काम गरेपछि उहाँको भुमिकाको उचित मुल्यांकन गरी उहाँलाई नर्सिङ पेशामा कार्य गर्न अस्पताल प्रशासनले सेवा गर्ने अवसर दिएको बताउदै तीन बर्ष स्वास्थ्य स्वयंसेबीका रूपमा कार्यरत रहनुभयो।
त्यस लगत्तै आफ्नो श्रीमान वैदेशिक रोजगारको सिलसिलामा युरोपेली मुलुक पोर्चुगलमा रहेको र उहाँ सन् २०१४ मा पारिवारिक भिसामा पोर्चुगल आउनु भएको हो।
उहाँको वैदेशिक यात्रापछि आफ्नो कुशल स्वास्थ्यकर्मी बन्ने इच्छालाई पुर्णबिराम लाग्ने होकी भनेर निकै चिन्तित भएको बताउदै जहाँ ईच्छा त्यहाँ उपाय भन्ने भनाईलाई आत्मसात गर्दै आफु आएको मुलुकमा आफ्नो रुचीको पेशाको लागि अध्ययनलाई अगाडि बढाउन सोच बनाउनुभयो।
उहाँका अनुसार सुरुवातमा नयाँ देश, नयाँ भाषा, निकै कठिनाई भोग्नुपरेको थियो। पोर्चुगलमा अङ्ग्रेजी भाषालाई प्राथमिक नदिने कारण यहीँको पोर्चुगाली मातृभाषा अनिवार्य भएकोले पटक-पटक विश्वविद्यालयबाट भाषा परीक्षामा असफल भएपनि कुनै हार नखाई निरन्तर लागी परेपछि आफ्नो लक्ष्य पुरा गर्न सफल भएको अनुभव बताउनुहुन्छ ब्यन्जनकार।
पोर्चुगलमा नर्शको लाइसेन्सका लागि यहाँको भाषामा डिप्लोमा गर्नुपर्ने पनि अनिबार्य रहेछ। त्यस लगत्तै उहाँ पोर्तुगिज नर्सिङ काउन्सिलको परिक्षामा सहभागी भैइ आफुलाई नर्सिङ पेशामा आवद्ध हुन लाइसेन्स प्राप्त गर्न सफल हुनुभयो।
२०१८ डिसेम्बर देखी पोर्तो साल्भोमा सन्चालित नातुरिदाद नर्सिङ होममा आवद्ध भएर काम गर्नुभयो।त्यसपछी लिस्वन बेलाईस्थित सरकारी अस्पताल एगास मोनिसमा काम गर्नुभयो। नयाँ स्थान बिल्कुलै नयाँ परिवेशमा काम गर्दा सुरुवातका दिनहरुमा निकै कठिनाइ भएको बताउदै इमान्दारिताका साथ आफ्नो पेशामा लागिपरेको र सिनियर डाक्टर र नर्सको सहयोगमा काम गर्न सहज भएको संघर्ष र अनुभवहरु बताउनुहुन्छ ब्यन्जनकार।
उहाँ अहिले पोर्चुगलको राजधानी लिस्बनको मुटु मार्तिमुनिज नजिकै रहेको सेन्ट क्रिस्टोफर (São Cristóvão) नामक एक अर्धसरकारी अस्पतालमा स्वास्थ्य सेवामा सकृय रुपमा कार्यरत हुनुहुन्छ। लामो समयको मेहनतको फल अनुरुप आफ्नो लक्ष्य प्राप्त गर्दै २०१८ पोर्चुगलमा पहिलो नेपाली लाइसेन्स प्राप्त स्वास्थकर्मीको नाम बाट चिनिने अबसर प्राप्त भयो।
यो संघर्ष,मेहेनत र सफलतासँगैको पेशाले उहाँ र उहाँको परिवार मात्रै नभएर पोर्चुगलमा बसोबास गरिरहेका नेपालीहरु पनि निकै खुशी हुने गरेको उहाँले बताउनुभयो।
आफु कार्यरत अस्पतालमा आफुले गरेको कार्यप्रति सन्तुष्टि रहेको बताउदै आफुलाई समस्या पर्दा सहयोग गर्ने, कामप्रति निर्वाह गरेको इमानदारीतालाई प्रशासनले सम्मान गरेको जानकारी दिनुभयो।
यहि समयमा आयो यो कोरोना भाइरस ,जसले संसारलाई नै हल्लाईरहेको छ। विश्वभरी ठूलै संख्यामा मानविय क्षति भईरहेको छ। कोरोनाकै विश्वव्यापी महामारीमा म आफु रहेको देश पोर्चुगल पनि अछुतो रहन सकेको छैन्।
उनको काम,अनुभव र बुझाई अनुसार पोर्चुगल सरकारले समयमै ध्यान दिएका कारण अन्य देशहरुमा जस्तो कोरोना महामारीको संक्रमण फैलने क्रम घट्दै गएको छ।
हाम्रो अर्को एक जिज्ञासामा उहाँले भन्नुहुन्छ-म मेरो पेशा अनुसार आफु कार्यरत हस्पिटलमा अगाडिको स्थानमा कर्मचारी रुपमा प्रतिदिन कार्यरत रहि आएको छु। फेरी मेरो वार्ड रेस्पीरेटोरी वार्ड, कोरोनाको बिरामी यहि वार्डमा भर्ना गर्ने भयो। अस्पताल भर्ना भएका बिरामीलाइ केयर पुगे वा नपुगेको, उनिहरुको स्वास्थ्य स्थिति, टेस्ट रिपोर्ट के कस्तो आईरहेको छ ? त्यो पनि बुझ्नु पर्ने, नयाँ तालिम र मेडिकल अपडेटको पनि जानकार रहनु पर्ने त मेरो जिम्मेवारीनै छ।
जस्तो सुकै अवस्थामा म मेरो पेशाका कारण मानविय सेवामा जिम्मेवार छु र बन्नु पनिपर्छ। आफु पनि म मान्छे न हुँ । जब आफु बसेको घरबाट सेवाका लागि अस्पताल जान निस्किन्छु मेरो मनले सधै सबैको सुस्वास्थ्यको लागि भगवान पुकार्छु।
पछिल्लो समय मनमा कोरोना भाइरस आफुलाई पनि नछाड्ने हो की भन्ने कुराले सताएको अनुभव छ। आफ्नो मन भित्रको डरलाई लुकाउदै बिरामीहरुलाई हौसला दिने साथै आफ्नो परिवार, साथीहरूलाई, हौसलाका साथ आत्मबल बढाउन सकारात्मक सोचाइको बिकास गर्नुपर्ने कुराहरूलाई उहाँले जोड दिनुभयो।
अझ नेपाली समुदायमा भाषाको कठिनाइका कारण स्वास्थमा आएका समस्याहरुको बिषयमा छलफल,परामर्श, सल्लाह र जिज्ञासा मेटाउन उहाँको ब्यस्तता उत्तिकै बढिरहेको छ। विभिन्न समयमा नेपाली समुदायहरुले संचालन गरिरहेका स्वास्थ शिबिरमा सहभागी भैइ उहाँको नेतृत्वमा स्वास्थ सेवा प्रदान गर्न बिशेष भुमिका निर्बाह गर्नुभएको छ।
उहाँले कोही नेपाली दिदिबहिनी पनि आफ्नो उद्देश्य अनुसार नर्सिङ पेशा आबद्ध हुन चाहानु भएमा आफ्नो अनुभवको आधार जो कोहीलाई पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।