२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ पोर्चुगलको निर्वाचनमा प्रधानमन्त्री कोस्ताको पार्टी विजयी,आप्रवासीहरु उत्साही

पोर्चुगलको निर्वाचनमा प्रधानमन्त्री कोस्ताको पार्टी विजयी,आप्रवासीहरु उत्साही

आज आइतबार सम्पन्न पोर्चुगलको संसदीय निर्वाचनमा वर्तमान प्रधानमन्त्री एन्तोनियो कोस्ताको समाजवादी पार्टी(PS) स्पष्ट बहुमतका साथ विजयी भएको छ।


संसदको २३० सीटमा भएको चुनावमा पोर्चुगिस समाजवादी पार्टी (PS)ले ४१.६८% प्रतिशत लोकप्रिय मत सहित ११७ सीट प्राप्त गरेको छ। चुनाव परिणामसंगै समाजवादी पार्टीले पुनः सरकार बनाउने र प्रधानमन्त्रीमा एन्तोनियो कोस्ता नै दोहोरिने निश्चित भएको छ।

सामाजिक लोकतान्त्रिक पार्टी (PPD/PSD) ले २७.८०% प्रतिशत दोश्रो लोकप्रिय मतका साथ ७१ सीट प्राप्त गरी पुनः प्रमुख प्रतिपक्षी दल बनेको छ।


यसैगरी अनुमान गरिए झैं अति दक्षिणपन्थी पार्टी सेगा(Chega) ले ७.१५% प्रतिशत मत तथा १२ सीट ल्याएर तेश्रो राजनैतिक शक्तिको रूपमा उदाएको छ। लिबरल इनिसेयटिभले (IL) ४.९८% प्रतिशत मत तथा ८ सीट जितेको छ।

यस्तै लेफ्ट ब्लग BE ले ४.४६% प्रतिशत मत र ५ सीट हासिल गरेको छ। पोर्चुगिस कम्युनिस्ट पार्टी(PCP/PEV)ले ४.३९% प्रतिशत मत र ६ सीट जितेर छैटौं राजनैतिक शक्तिका रूपमा दर्ज भएको छ।
यसैगरी अन्य साना दलहरले जम्माजम्मी ४.२९ प्रतिशत मत र ७ सीट मात्र जित्न सकेका छन्।


गत नोभेम्बरमा सरकारको बजेट सांसदहरूले अस्वीकार गरेपछि राष्ट्रपतिले संसद भंग गरेर चुनावकाे घाेषणा गरेका थिए।


कोभिड-१९ महामारीको बावजुद २०१९ को तुलनामा ९% प्रतिशत अंक बढी अर्थात ५७.८% ले मतदान गरेकाे यहाँकाे निर्वाचन आयाेगले जनाएको छ।


साेसलिस्ट पार्टीले २०१९ काे तुलनामा करिब ५ प्रतिशत बढी मत प्राप्त गरेकाे छ। यसले २०१९ मा ३६.७% पाएकाे थियाे भने यस पटक ४१.६३% रहेकाे छ। त्यसबेला उसले १०८ सीट जितेको थियो।यो सँगै प्रधानमन्त्री कोस्ताको जीतले आप्रवासीहरुमा उत्साह छाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु