२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ पोर्चुगलको फारोमा एक नेपालीलाई कोरोना संक्रमण

पोर्चुगलको फारोमा एक नेपालीलाई कोरोना संक्रमण

अन्ततः नेपालीलाई पनि छोडेन कोरोनाले

पोर्चुगलका विभिन्न क्षेत्रमा कोरोना संक्रमण फैलिरहेको सन्दर्भमा फारोमा काम गर्ने एक जना नेपालीलाई पनि कोरोना संक्रमण भएको त्यहाँको एक अस्पतालले पुष्टि गरेको छ।

फारो पोर्चुगलको प्रख्यात कृषि क्षेत्र हो भने त्यहाँ धेरै नेपालीले खेतिमा कृषि कामदारको रुपमा काम गर्ने गरेका छन्।पोर्चुगलमा २५ देखी ३० हजारको संख्यामा नेपालीहरु रहेको अनुमान गरिएको छ।कोरोना संक्रमण नेपाली नेपालको कुन क्षेत्रका हुन् र कहिलेदेखी पोर्चुगलमा बस्दै आएका हुन् भन्ने सन्दर्भमा केही पनि खुलाईएको छैन।पछिल्लो यो घटनाले त्यहाँ काम गर्ने अन्य नेपाली कामदारलाई पनि त्रसित बनाएको छ।

उक्त क्षेत्रका स्थानीय मेयरले सम्पूर्ण बेक्तिहरुलाई घरमै रहन र सावधानी अपनाउन अपिल गरेका छन्।पोर्चुगलमा अन्य युरोपियन देशको तुलनामा अत्यधिक नेपालीको संख्या रहेको छ।कम्तीमा नेपाली समुदायमा यो रोग फैलिन नदिन उच्च सावधानी अपनाउनु पर्ने देखिन्छ।

ज्वोरो,रुघाखोकी वा टाउको दुख्ने,हातखुट्टा दुख्ने कुनै पनि लक्षण देखा परेमा नजिकैको अस्पतालमा तत्काल चेकचाज गर्न यहाँको सरकारले सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु