२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ पोर्चुगलको माटोमै हरायो फेरी एक नेपाली युवाको सपना

पोर्चुगलको माटोमै हरायो फेरी एक नेपाली युवाको सपना

पोर्चुगलको torres vedras भन्ने ठाउँमा २६ बर्षिय एक नेपाली युवाको मृत्यु भएको छ।

आईतबार गाडीको ठक्करबाट नेपालका महेश थापाको ज्यान गएको हो। तोरेसको एक Patresiya कम्पनीमा काम गर्ने सुमनलाई नजिकैको एउटा नेपाली रेष्टुरेन्टमा साथीहरूसँग खानपान गरी घर फर्किने क्रममा रेष्टुरेन्ट नजिकैको बाटोमा गाडीले ठक्कर दिएको जनाईएको छ।


गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिई घाईते महेशलाई अस्पताल पुर्याइएको थियो। अस्पतालमै उनको ज्यान गएको बताइएको छ। प्राप्त जानकारी अनुसार थापासँगै उनका तीनजना साथीहरु पनि थिए।

शौचालय गर्ने भन्दै पछि बसेका थापा निक्कै बेर नफर्किएपछि उनका अन्य साथीहरुले खोजी गर्दा उनलाई गाडीले हानेको थाहा पाएका थिए। घटनापछि प्रहरीले उनी बसेको घरमा आएर सबै कागजात लगेको र साथीहरूसंग पनि घटना बारेमा सोधपुछ गरेको बताइएको छ।


थापा ३ बर्ष अघि रोजगारीको सिलसिलामा पोर्चुगल आइपुगेका थिए।
सुमन आईतबार आफ्नो हजारौ सपना सहित पोर्चुगलको माटोमै अस्ताएको खबरले पोर्चुगल बासी सम्पूर्ण नेपालीहरूलाई स्तब्ध बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु