२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ पोर्चुगलको लिस्वनमा खुल्यो उत्कृष्ट नेपाली जुजु रेस्टुरेन्ट,छुट्टै पौरख,छुट्टै स्वाद,नेवारी परिकार

पोर्चुगलको लिस्वनमा खुल्यो उत्कृष्ट नेपाली जुजु रेस्टुरेन्ट,छुट्टै पौरख,छुट्टै स्वाद,नेवारी परिकार

शिवसागर बुढाथोकी उर्जावान युवा ,नारायण कुँवर मेहेनती युवा ,प्रकाश तिवारी अनुशासनका पहरेदार।कस्तो मीठो समिश्रण।यसैको परिणाम हो जुजु नामक एक रेस्टुरेन्ट।सबिस्तार न्यूजमा….

पोर्चुगलको राजधानी लिस्बन अहिले नेपालीहरुको बसोबास र रोजगारीका लागि मुख्य रोजाई बनेको छ । नेपालीहरुको बाक्लो उपस्थिति संगै लिस्बनका मुख्य क्षेत्रहरुमा विभिन्न मेनु र स्वाद पस्कने रेस्टुरेन्टहरु संचालनमा छन्।

रेस्टुरेन्टहरुको यही भिडभाडका बीचमा एउटा छुट्टै मौलिक पहिचान बोकेर लिस्बनको मुटु आन्जुस चोकबाट केही सय मिटर मात्र भित्र मार्केस पोम्बल जाने बाटो तिरको Rua Jacinta Marto 10A, 1150-192, Lisboa रोडमा मौलिक नेवारी परिकार र नेपाली खाजा, खाना पस्कने जुजु ( JuJu) रेस्टुरेन्ट संचालनमा आएको छ । राती २ बजेसम्म खुला रहने रेस्टुरेन्ट रात्रिकालिन समयका लागि पनि उपयुक्त रहेकोछ। यहाँ मौलिक नेपाली हुक्का समेत पाइन्छ । जुजुमा संसारभरिका सबै प्रकारका ह्वीस्की, वियर वाइनको बार समेत रहेको छ।

काठमाडौ र भक्तपुर क्षेत्रमा पाइने नेवारी खाजा र खानाको परिकार सहित नेपाली नयाँ बर्ष २०८० को अवसर पारेर उक्त मौलिक रेस्टुरेन्ट संचालनमा आएको हो।भव्य र आकर्षक साजसज्जा रहेको जुजु रेस्टुरेन्ट पुगेर खाना, खाजा खाएका ग्राहकहरुले मौलिक र स्वादिष्ट नेपाली खाना रहेको र नेवारी परिकारको लागि झन उत्कृष्ट स्थान पाइएको प्रतिक्रिया दिएका छन्।

युवा व्यवसायीहरु शिवसागर बुढाथोकी, नारायण कुवँर र प्रकाश तिवारीहरुको संयुक्त लगानी र मौलिक पहिचान सहित संचालनमा आएको रेस्टुरेन्टको छिट्टै अरुतिर पनि शाखा विस्तार गर्ने योजना रहेको संचालक शिवसागर बुढाथोकी बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु