२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ पोर्चुगलको लिस्वनमा नेपाली महिला दिदीबहिनीहरुले तीज विशेष कार्यक्रम गर्ने

पोर्चुगलको लिस्वनमा नेपाली महिला दिदीबहिनीहरुले तीज विशेष कार्यक्रम गर्ने

पोर्तुगलमा अवस्थित नेपाली दिदीबहिनीहरुको साझा संस्था नेप्लिज वोमेन एसोसिएसन इन पोर्तुगलले हरितालिका तीजको अवसर पारेर पोर्तुगलमा एक तीज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।

संस्थाका अध्यक्ष शान्ति अर्याल अधिकारीका अनुसार यही सेप्टेम्बर १० तारिक आइतबारका दिन लिस्वनस्थित मार्टिम मुनिज पार्कमा कार्यक्रमको आयोजना गर्ने तयारी भएको हो।

सन् २०१४ मा स्थापना भएको नेपाली नारी समाज र सन् २०१९ मा स्थापना भएको नेपाली महिला समाज वीच हालसालै एकताको अधिवेशन सम्पन्न भइ नेप्लिज वोमेन एसोसिएसन पोर्चुगल नामकरण भएपछि औपचारिक रुपमा आयोजना गर्न लागिएको यो पहिलो कार्यक्रम हो।

कार्यक्रम सहभागी भई भव्य र सभ्य रुपमा सफल बनाइ सहयोग गर्न सबैमा आयोजकहरुले आह्वान गरेको छन्। त्यसैले उक्त दिन अन्य कुनै कार्यक्रमहरु नराखिदिन पनि संस्थाले सबै नेपाली संघसंस्थाहरुलाई अनुरोध पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु