२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ पोर्चुगलको लिस्वनमा साकेला उभौली पर्व भब्यरुपमा मनाइयो

पोर्चुगलको लिस्वनमा साकेला उभौली पर्व भब्यरुपमा मनाइयो

पोर्चुगलको लिस्वनमा नेपालीहरुको विशेष पर्व मध्ये पर्ने साकेला उभौली पर्व भब्यरुपमा मनाइएको छ।येलेदोङ किरात राई सोसायटी पोर्चुगलले सो कार्यक्रमको आयोजना गरेको हो।

किराँत समुदायमा यो चाडलाई निकै महत्व कासाथ मनाउने गरीन्छ। लिस्वनको बेलाविस्ता पार्कमा आयोजना गरिएको कार्यक्रममा साकेला नाच,सस्कृती झल्किने विभिन्न नृत्यहरु देखाइएको थियो।

सो कार्यक्रम लिस्वन स्थीत अवैदानिक बाणिज्य दुत मकर हमालको प्रमुख आतीथ्यमा सम्पन्न भएको थियो।उक्त कार्यक्रममा प्रमुख अतिथि हमालले शुभकामना दिदै विदेश बसेर पनि आफ्नो कला,सस्कृती झल्काउने कार्यक्रम गरेकोमा समाजको सराहना गरेका थिए।


कार्यक्रममा आदिवासी जनजाती महासंघ अध्यक्ष हेम गुरुङ ,मात्री सस्था किरात यक्थुम चुम्लुङ अध्यक्ष प्रेम लिम्बू ,मगर संघ अध्यक्ष कमल पुन,तमु समाज अध्यक्ष विकास गुरुङ ,तामाङ समाज अध्यक्ष सुजन लामा ,नेपाल पत्रकार महासंघ युरोप शाखाका सचिव कलश खरेल लगायत विभिन्न संघ-सस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित संघ- सस्थाका प्रमुख एवं प्रतिनिधि सबैले साकेला पर्वको अवसरमा शुभकामना मन्तव्य दिएका थिए। सो कार्यक्रम सोसाइटीका अध्यक्ष दिपेश राईको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन सोसाइटीकै सचीव श्याम जेरूँग राईले गरेका थिए।

यो सोसाइटीले पोर्चुगलमा रहेर धर्म ,सस्कृतिको उत्थान गर्नुका साथै विभिन्न लोककल्याणकारी कार्य पनि गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु