२०७७ फागुन १८ गते मंगलवार | March 02, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ पोर्चुगलद्वारा स्पेनसँगको सिमानाका बन्द

पोर्चुगलद्वारा स्पेनसँगको सिमानाका बन्द

पोर्चुगलले २ हप्ताको लागि स्पेनसँगको बोर्डर बन्द गरेको छ। पोर्चुगलमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण उच्च बढेपछि पोर्चुगलले आफ्नो बोर्डर बन्द गरेको हो।

उसले हवाइ, जमिन र सामुद्रिक बोर्डर दुइ हप्ताको लागि बन्द गरेको जनाएको छ। पोर्चुगलमा ६ लाख ८५ हजार जनालाई संक्रमण भएको छ भने ११ हजारको मृत्यु भैसकेको छ। बुधवार एकैदिन १६ हजारलाई संक्रमण भएको छ भने ३ सय ३ जनाको ज्यान गएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु