२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ पोर्चुगलबाट एक नेपाली युवा हराए,भेटिएमा जानकारी दिन सबैलाई अपिल

पोर्चुगलबाट एक नेपाली युवा हराए,भेटिएमा जानकारी दिन सबैलाई अपिल

वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन्। नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका हुन्।

गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका हुन्। लिस्बनस्थित एक होस्टेलमा बस्दै आएका उनी अप्रिल १५ देखि कसैको सम्पर्कमा नआएको जापानमा रहेका उनका आफन्त रामप्रसाद सिलवालले बताए।

सम्पर्कबिहीन भई बेपत्ता भएका सिलवालको खोजी गरिदिन उनको परिवारले आग्रह गरेको छ।

सो विषयमा होस्टेल सञ्चालकसँग सोधखोज गर्दा अप्रिल १५ का दिन दिउँसो नुहाएर निस्केको देखेको र त्यसपछि होस्टेलमा नआएको यद्यपी सिलवालको झोला, राहदानीलगायतका कागजपत्र होस्टेलमै रहेको होस्टेल सञ्चालकले बताएको जापानमा रहेका उनका आफन्त सिलवालले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु