२०७७ चैत २४ गते मंगलवार | April 06, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ पोर्चुगलमा अन्तर्राष्ट्रिय नेपाली समाज रास्ट्रिय कार्यसमिति गठन

पोर्चुगलमा अन्तर्राष्ट्रिय नेपाली समाज रास्ट्रिय कार्यसमिति गठन

देश तथा विदेशमा रहेका नेपालीलाई संगठित गर्दै नेपाल र नेपालीको हित र विकासका लागि काम गर्ने उदेश्यका साथ गठित अन्तर्राष्ट्रिय नेपाली समाजले बिहिवार एक भर्चुअल कार्यक्रम गर्दै समाजसेवी तथा युवा व्यवसायी कमल खड्काको नेतृत्वमा पोर्चुगलमा राष्ट्रिय कार्य समिति गठन गरेको छ।

समितिको वरिष्ठ उपाध्यक्षमा सोम अनुराग बस्नेत र विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दै उपाध्यक्षहरुमा अनु खनाल, प्रकाश खड्का, कमल जिसी, दिपेश राई र नवराज पौडेल चयन भएका छन।

त्यसैगरी महासचिवमा हरिशरण परियार, सह-महासचिवमा नरेश कठायत र सचिवहरुमा सुजित श्रेष्ठ र मनिषा घिमिरे चयन भएका छन।

समितिको कोषाध्यक्षमा कुशुम गुरुङ र सह-कोषाध्यक्षमा गोकुल कंडेल चयन भएका छन भने सदस्यहरुमा भिमा राई, जेसिका तामाङ, शर्मिला राई, सीता तामाङ, सविन तामाङ र सन्ध्या थापा रहेका छन।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रा.डा. श्रीरामप्रसाद उपाध्ययले प्रवासबाट नेपाल र नेपालीको हित र विकासमा सोच्नु, संकल्प लिनु र काम गर्नु एकदमै प्रशसनीय हो।

जहाँ रहे पनि देशभक्ति संधै उच्च रहोस् भन्दै निरन्तर लाग्न आग्रह व्यक्त गर्नु भएको थियो। त्यसैगरी कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तिलक गैरेले ‘नेपाल र नेपालको हितमा धेरै काम गर्न अपरिहार्य भएकाले नवगठित समाजले गर्ने हरेक सकारात्मक काममा आफ्नो सधै साथ, सहयोग र सद्भाव रहने भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो।

त्यसैगरी कार्यक्रममा समाजका अध्यक्ष अर्जुन घिमिरे, बरिष्ठ उपाध्यक्ष श्याम सुवेदी, उपाध्यक्ष नितु खतिवडा, महासचिव अर्जुन श्रीलगायतले शुभकानमा मन्तव्य राख्दै नेपाल र नेपालीको हितमा संसारभरका नेपालीसँग हातेमालो गर्दै काम गर्ने कुरामा जोड दिएका थिए।

त्यस्तै कार्यक्रममा महिला समितिकी महासचिव शुभद्रा थापा भणडारी, कोषाध्यक्ष शुभलक्ष्मी कोईराला लगायत अन्य विशिष्ट व्यक्तिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो।

नवगठित समितिको अध्यक्षमा कमल खड्काले ´पोर्चुगल धेरै नेपालीको रोजाईको देश भए पनि यहाँ अनेकौं कठिनाईहरु रहेकाले आगामी दिनमा पोर्चुगलमा बस्ने नेपालीको सुखदुःखमा सँगै रहने´ प्रतिवद्धता व्यक्त गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु