गृहपृष्ठ पोर्चुगलमा आगामी जनवरीदेखि न्यूनतम तलब ६ सय ६५ युरो हुने
पोर्चुगलमा आगामी जनवरीदेखि न्यूनतम तलब ६ सय ६५ युरो हुने

पोर्चुगल सरकारले आगामी २०२१ जनवरीदेखि लागु हुने गरि साबिक तलबमानलाई बढाएर ६ सय ६५ युरो पुर्याएको छ।अहिले बढेको तलब गत साल भन्दा ३० युरोले बढी हो।
मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले यो निर्णयलाई औपचारिकता प्रदान गरेको थियो। अहिलेको कोस्ता सरकारले कामदारको न्यूनतम तलबमानमा प्रत्येक बर्ष हेरफेर गर्दै आएको छ।
आप्रवासीका लागि पनि उदार देखिएको कोस्ता सरकारले आगामी २ बर्षसम्ममा मजदुरहरुको न्यूनतम तलब ७ सय ५० सम्म पुर्याउने योजना सार्वजनिक गरेको छ।