२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ पोर्चुगलमा आप्रवासी गर्भवती महिलाको लागि नि:शुल्क परामर्श सेवा

पोर्चुगलमा आप्रवासी गर्भवती महिलाको लागि नि:शुल्क परामर्श सेवा

पोर्चुगलमा आप्रवासी हकहितका लागि सक्रिय अग्रणी संस्था नियाल्प पोर्चुगलले पोर्चुगलमा रहेका आप्रवासी गर्भवती वा गर्भवती हुन चाहेका महिलाहरुका लागि विभिन्न विषयमा विविध खालको नि:शुल्क परामर्श सेवा र सुविधा उपलब्ध गराउँदै आएको छ।

आप्रवासी महिलाहरुका लागि शारीरिक र मनोबैज्ञानिक सल्लाह, यौन र प्रजनन स्वास्थ्य सम्बन्धी शिक्षा, गर्भावस्था, प्रसव समय र गर्भावस्था पछिको हेरचाह सम्बन्धी जानकारी, गर्भावस्थामा पोषणको महत्त्व, जन्म र जटिलता सम्बन्धी तयारी, परिवार नियोजन र महत्त्वपूर्ण चिन्ह सम्बन्धमा सल्लाह र परामर्श दिइदै आएको नियाल्प पोर्चुगलका कार्यकारी निर्देशक केपी भट्टराईले जानकारी दिए।

परामर्श सम्बन्धी सेवा हप्ताको दुई दिन मंगलबार र शनिबार दिउँसो २ बजेदेखि बेलुकी ६ बजेसम्म उपलब्ध हुनेछ ।

नियाल्पको यस्तो सेवाको लागि स्थानीय स्वास्थ्य सेवा केन्द्रहरु सेन्टर सावद लगायतको प्राविधिक सहयोग र साझेदारीमा पोर्चुगिस सरकारको निकाय माइग्रेस उच्च आयोग (ACM) प्राप्त आर्थिक सहयोग नीति अन्तर्गत नियाल्प पोर्चुगलले यो कार्यक्रम संचालन सुरु गरेको छ।

यो सेवामा सहभागी हुने सेवाग्राहीहरुले सेन्टर सावदमा कार्यरत फ्यामिली डाक्टरसंग प्रत्यक्ष रूपमा आफ्नो स्वास्थ्य समस्या समेत राख्न सक्नेछन्।

नियाल्प पोर्चुगलको विश्वसनीयता र पोर्चुगिस संस्थाहरुसंग साझेदारीको प्रक्रिया विस्तार भइरहँदा आफुहरुको कार्यक्षेत्र र दायित्व झन् बढेको कार्यकारी निर्देशक भट्टराईले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु