२०७९ असोज ६ गत बिहीवार | September 22, 2022

Bharat Poudel

गृहपृष्ठ पोर्चुगलमा एक नेपालीको असामयिक निधन

पोर्चुगलमा एक नेपालीको असामयिक निधन

पोर्चुगलमा एक नेपालीको असामयिक निधन भएको छ।पोर्चुगलको अलेन्तेजु क्षेत्रमा बस्दै आएका ४९ बर्षिय दिपक बानियाँको बुधबार मृत्यु भएको हो।

हृदयघातका कारण उनी अचानक घरको भुइँमा लड्न पुगेका थिए।उक्त घटना पछि उनलाई तत्काल उनका साथी र श्रीमतीले स्थानीय अस्पतालमा पुर्याएका थिए।

यद्यपि अस्पताल पुर्याएको केही समय पछिनै अस्पतालले मृत घोषित गरेको थियो।उक्त रक्तचाप र दमको रोगी भएका कारण उनी लामो समयदेखि औषधि सेवन गर्दै आइरहेको पारिवारका सदस्यले बताएका छन्।

उनको निधनपछि पोर्चुगलमा रहेका सम्पूर्ण नेपाली समुदायहरुले चिन्ता वेक्त गरेका छन्।नेपालको म्याग्दी घर भएका मृतक बानियाका श्रीमती र दुई छोरा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु