२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ पोर्चुगलमा एक नेपालीको दु:खद निधन, के कारणले भएको थियो उनको मृत्यु ?

पोर्चुगलमा एक नेपालीको दु:खद निधन, के कारणले भएको थियो उनको मृत्यु ?

पोर्चुगलको दक्षिणी क्षेत्र फारोभन्दा पाँच किमी टाढा बेलसामेल भन्ने ठाउँमा कृषि मजदुरको रूपमा कार्यरत धादिङ्ग जिल्ला निवासी तामाङ थर भएका एक नेपालीको दु:खद निधन भएको छ ।

उनी फिल्डमै काम गर्दा गर्दै सौचालय गएका थिए तर अहिले सिजनको समयमा धेरै श्रमिक हुने र कृषी काममा सौचालय समेत ब्यस्त भएको ले नजिकै गई सौच गरेको र ऊठ्ने क्रममा रिंगटा लागेर ढुङ्गामा ठोक्किएर पल्टिन पुगी नजिकै सुकेको झारपात तथा अन्य फोहोर पोल्ने स्थानमा बलिरहेको आगोमा परेका थिए ।

घटना लगत्तै प्रत्यक्षदर्शी ले उनलाई ऊद्दार गरी एन्बुलेन्स लाई खबर गरेका थिए तर एम्बुलेन्स समेत आधा घन्टा भन्दा बढी समयपछि पुगेको जनाईएको छ। तत्काल हस्पिटलमा भर्ना गरी ऊपचारकै क्रममा उनको निधन भएको थियो साथै चिकित्सकका अनुसार उनी प्रेसरले लडेका र मस्तिस्कमा रगत समेत जम्न पुगेको जनाएको छ ।

मे १ संसारभर मजदुर दिवस मनाइरहेको दिन नेपाली मजदुरको परदेशी भूमिमा दु:खद निधनको खबरले आम पोर्चुगलबासी नेपालीहरुलाई स्तब्ध र दु:खी बनाएको छ।

उनकी अन्दाजी २२ बर्षिय छोरी पनि उनीसंगै पोर्चुगलमा बस्दै आएकी थिइन् । उनकी श्रीमती लगायत अन्य परिवारका सदस्य भने नेपाल मै छन् । उनको मृत शरीरलाई परिवारले नेपाल पठाइदिन आग्रह गरेका छन् । तर कोरोना महामारी चलिरहेको जहाज पनि नचल्ने अवस्था रहेकोले पठाउन कठिनाई रहेको तर केही समयमा स्थिति सहज भए पठाउन पहल गरिने स्थानीय हस्पिटल गएर वस्तुस्थिति बुझेका एनआरएनए क्षेत्रीय समितिका एक अगुवाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु