गृहपृष्ठ पोर्चुगलमा एक नेपाली युवकद्वारा आत्महत्या
पोर्चुगलमा एक नेपाली युवकद्वारा आत्महत्या

पोर्चुगलमा एकजना नेपाली युवाले आत्महत्या गरेका छन्।उनले रुखमा झुन्डिएर आत्महत्या गरेको बताइएको छ।
आफु बस्ने भन्दा केही परको स्थानमा गएर डोरीले रुखमा झुन्डिएको देखिएपछि प्रहरीलाई खबर गरिएको थियो।
सुदुरपश्चिम प्रदेश,कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका -६ का करिब ३८-३९ बर्षका तर्कराज भट्टले आज बिहान पोर्चुगलको आल्बुफेइरा नजिकै गिआ भन्ने ठाउँमा रुखमा झुन्डिएर आत्महत्या गरेको भेटिएको छ।
उनी सोही एरियामा एउटा कृषि कम्पनीमा काम गर्थे। अहिले उनको शवलाई प्रहरीले पोस्टमार्टमका लागि हस्पिटल लगेको उनीसंगै एउटै कोठामा बस्ने साथी भीम भट्टले जानकारी दिए।
उनी पोर्चुगल आएको गत डिसेम्बरबाट ३ बर्ष लागेको थियो।उनको मृत्युले नेपाली समुदाय थप चिन्तित बनेको छ।