गृहपृष्ठ पोर्चुगलमा कोरोनाका कारण एक नेपाली महिलाको निधन
पोर्चुगलमा कोरोनाका कारण एक नेपाली महिलाको निधन

पोर्चुगलमा कोरोना संक्रमणका कारण एक नेपाली महिलाको निधन भएको छ।
नेपालको मोरङ घर भएकी ४५ बर्षिय प्रमिला तामाङ केही महिना अगाडि पोर्चुगल आएकी थिइन्।
केही दिन अगाडि उनलाई ज्वोरो र टाउको दुखेको कारण फारोमा रहेको फारो अस्पतालमा भर्ना गरिएको थियो।
तर सघन उपचारका बाबजुद आइतबार उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
यसअघि विभिन्न कारण कैयौं नेपालीले पोर्चुगलमा ज्यान गुमाइसकेका छन्।