गृहपृष्ठ पोर्चुगलमा कोरोनाभाइरस लागेको शंकास्पद बेक्ती फेला
पोर्चुगलमा कोरोनाभाइरस लागेको शंकास्पद बेक्ती फेला

बिश्वभरी भाइरल हुँदै गैरहेको कोरोनाभाइरस युरोपियन रास्ट्र पोर्चुगलमा पनि देखिएको छ।चिनका एक नागरिकलाई उक्त रोगको लक्षण देखिएको हो।चिनको वुहान(हुबेई प्रान्त)शहरबाट हिजो मात्रै पोर्चुगल फर्केका चिनियाँ नागरिकलाई स्वास्थ्यमा समस्या देखिएपछि तत्काल पोर्चुगलको क्याब्रल अस्पतालमा भर्ना गरिएको थियो।लामो समयदेखि पोर्चुगल बस्दै आइरहेका उनलाई छुट्टै राखेर स्वास्थ परिक्षण भैरहेको अस्पतालले एक बिज्ञप्ति मार्फत जानकारी दिएको छ।उनको रगत,दिशा-पिसाब लगायत ल्याबमा परिक्षणका लागि राखीएको छ भने केही दिनमानै सम्पूर्ण परिणाम आइसक्ने अस्पताल प्रशासनले जनाएको छ।यहाँको बिदेश मन्त्रालयले सन्चारमाध्यम मार्फत आफ्ना नागरिकलाई विशेष साबधानी अपनाउन अपिल गरेको छ। यो खतरनाक रोगबाट बच्न पोर्चुगलमा बस्ने नेपालीहरुले पनि सावधानी अपनाउनु पर्ने देखिएको छ।यो रोगबाट बच्न निम्न उपाय अबलम्बन गर्न अनुरोध गरिएको छ:(१)रुघाखोकी गर्दा वा खोकी लाग्दा मुख छोपेर गर्ने।(२)जंगली जनावरहरुसँग असुरक्षित सम्पर्कबाट बच्ने।(३) मासु र अण्डा राम्रोसँग पकाएर खाने।(४)स्वास रोग भएका बेक्तिहरुसगँ दुर रहने।(५)छिन-छिनमा रुघाखोकी लाग्ने,ज्वोरो आउने र रिंगटा लाग्ने गरेमा तत्काल उपचारका लागि अस्पताल वा स्वास्थ क्लिनिकमा जाने।