गृहपृष्ठ पोर्चुगलमा कोरोना प्रभाव बढ्दो,संक्रमित संख्या ४२ हजारको हाराहारीमा
पोर्चुगलमा कोरोना प्रभाव बढ्दो,संक्रमित संख्या ४२ हजारको हाराहारीमा
हालसम्मको तथ्यांक विश्लेषण गर्दा पोर्चुगलमा तत्कालै कोरोना प्रभाव नियन्त्रणमा आउने भरपर्दो संकेत देखिएको छैन।
पछिल्लो अपडेटअनुसार २ सय ६६ नयाँ कोरोना संक्रमित थपिएका छन् भने थप ४ जनाको ज्यान गएको छ।
संक्रमित थपिएसँगै कुल संख्या ४१ हजार ९ सय १२ पुगेको छ भने अहिलेसम्म कोरोनाका कारण १ हजार ५ सय ६८ जनाले ज्यान गुमाइसकेका छन्।
स्वास्थ्य महानिर्देशनालयका अनुसार उपचारपछि २७ हजार २ सय ५ जना निको भएर घर फर्किएका छन् भने उनिहरुको पुनः परिक्षण गर्दा पनि स्वास्थ्य अवस्था सामान्यनै देखिएको निर्देशनालयले जनाएको छ।