गृहपृष्ठ पोर्चुगलमा कोरोना संक्रमणका कारण एक नेपाली महिलाको निधन
पोर्चुगलमा कोरोना संक्रमणका कारण एक नेपाली महिलाको निधन

पोर्चुगलमा कोरोना संक्रमणका कारण ४२ बर्षिय नेपाली महिलाको निधन भएको छ। उनी एक बर्षदेखि यहाँ बस्दै आएकी थिइन्। घटना लिस्बन बाहिर भएको हो।
उनी एकहप्ता भन्दा अघि ग्यास पड्किएर घाइते भएकी थिइन्। उपचारका लागि हस्पिटल पुर्याउँदा उनलाई कोरोना पोजेटिभ पनि पुष्टि भएको थियो। उनको जन्मस्थान भोजपुर भएको जनाइएको छ।
वितेको एकहप्ता भित्र पोर्चुगलमा दुई जना नेपालीको कोरोनाका कारण असामयिक निधन भएको छ। गत डिसेम्बर २९ तारिख तनँहु घर भएका तिलबहादुर राना नामक २७ बर्षिय नेपाली युवाको पनि कोरोना संक्रमणका कारण निधन भएको थियो। यो सँगै पोर्चुगलमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या तीन पुगेको छ।