गृहपृष्ठ पोर्चुगलमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा,एकै दिनमा झन्डै ३१ हजार संक्रमित थपिए।
पोर्चुगलमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा,एकै दिनमा झन्डै ३१ हजार संक्रमित थपिए।

पछिल्लो समय पोर्चुगलमा ओमिक्रोन कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेको छ।
आजमात्रै ३० हजार ८ सय २९ जना संक्रमित थपिएका छन् भने १८ जना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या महानिर्देशनालयले जनाएको छ।
यसरी दिनप्रतिदिन कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै पोर्चुगल सरकारले सावधानी अपनाउन ,नयाँ बर्षमा भिडभाड नगर्न आग्रह गरेको छ।
थप सावधानीका उपाय अवलम्बन नगरेमा अवस्था जटिल बन्न सक्ने विश्व स्वास्थ्य संगठन डब्लुएचओले चेतावनी दिएको छ।