गृहपृष्ठ पोर्चुगलमा कोरोना संक्रमितको संख्या साढे १० हजार भन्दा माथी ,अबस्था थप जटिल
पोर्चुगलमा कोरोना संक्रमितको संख्या साढे १० हजार भन्दा माथी ,अबस्था थप जटिल

हरेक दिनको कोरोना भाइरस सम्बन्धि अपडेटले आम मानिसलाई झस्काउने गरेको छ।स्वस्थ मानिस पनि डर र त्रासमा बाच्नु पर्ने स्थिति देखा परेको छ।
अब त ओराले लागेको खबर सुन्न पाइन्छ कि भनेर प्रतीक्षामा रहेका मानिसहरु फेरी बढ्यो भन्दा झनै निराश भएको देखिन्छ।पोर्चुगलको हकमा पनि अबस्था जटिल बन्न पुगेको सजिलै आँकल गर्न सकिन्छ।
स्वास्थ महानिर्देशनालयले दिएको पछिल्लो जानकारी अनुसार हिजो दिउँसो १२ बजेदेखि आज दिउँस १२ बजेसम्मको गणनामा थप ६८५ जना संक्रमित फेला परेका छन् भने थप २० जनाले ज्यान गुमाएका छन् ।
अब पोर्चुगलमा कोरोना संक्रमित हुनेको संख्या १० हजार ५२४ पुगेको छ भने उता मृत्यु हुनेको संख्या २६६ पुगेको निर्देशनालयले जनाएको छ।