गृहपृष्ठ पोर्चुगलमा कोरोना संक्रमितको संख्या ११ हजार भन्दा माथी पुग्यो
पोर्चुगलमा कोरोना संक्रमितको संख्या ११ हजार भन्दा माथी पुग्यो

स्वास्थ महानिर्देशनालयले दिएको पछिल्लो जानकारीअनुसार पोर्चुगलको अबस्था अझै निराशाजनक देखिन्छ।
आज प्राप्त खबर अनुसार थप ७५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने थप २९ जनाले ज्यान गुमाएका छन् ।
आजको विवरण सहित संक्रमित संख्या ११ हजार २७८ पुगेको छ भने उता मृत्यु हुने संख्या २९५ पुगेको निर्देशनालयले जनाएको छ।
