गृहपृष्ठ पोर्चुगलमा कोरोना संक्रमितको संख्या झन्डै ३३ हजारको हाराहारीमा
पोर्चुगलमा कोरोना संक्रमितको संख्या झन्डै ३३ हजारको हाराहारीमा
विश्वनै कोरोना माहामारिबाट आक्रान्त भैरहेको अवस्थामा युरोपियन सदस्य रास्ट्र पोर्चुगल पनि सो रोगबाट थलिएको छ।
स्वास्थ महानिर्देशनालयले दिएको ताजा विवरण अनुसार थप १ सय ९५ जना मानिसमा कोरोना संक्रमण देखिएको छ भने थप १२ जनाले गुमाएका छन् ।
हालसम्म कोरोना संक्रमितको संख्या ३२ हजार ८ सय ९५ पुगेको छ भने एक हजार ४ सय ३६ जनाको मृत्यु भैसकेको महानिर्देशनालयले जनाएको छ।पछिल्लो समय रिकभर हुने संख्या पनि उल्लेख्य रहेको रहेको छ।
पछिल्लो २४ घण्टामा थप ३ सय १७ जना संक्रमित निको भएर हस्पिटलबाट डिस्चार्ज भएका छन् भने निको हुने संख्या पनि १९ हजार ८ सय ६९ पुगेको महानिर्देशनालयको रिपोर्टमा उल्लेख गरिएको छ।