२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ पोर्चुगलमा कोरोना संक्रमितको संख्या ३९ हजार नजिक पुग्यो

पोर्चुगलमा कोरोना संक्रमितको संख्या ३९ हजार नजिक पुग्यो

स्वास्थ महानिर्देशनालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३७७ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने थप १ जनाको ज्यान गएको छ।मृत्युदर भन्दा निको हुने संख्या निकै बढी रहेको देखिन्छ।

आज मात्रै थप ४२९ जना निको भएर घर फर्किएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।हालसम्म पोर्चुगलमा कुल कोरोना संक्रमित संख्या ३८ हजार ८ सय ४१ पुगेको छ भने कोरोनाकै कारण १ हजार ५ सय २८ मानिसले ज्यान गुमाइसकेका छन्।

निको हुने संख्या पनि तिब्र गतिमा बढेको देखिन्छ।अहिलेसम्म २४ हजार ९ सय ६ जना मानिस कोरोना मुक्त भैइ हस्पिटलबाट डिस्चार्ज भैसकेको निर्देशनालयले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु