गृहपृष्ठ पोर्चुगलमा कोरोना संक्रमित संख्या ३९ हजार भन्दा माथी पुग्दा झन्डै २६ हजार बिरामी कोरोना मुक्त भए
पोर्चुगलमा कोरोना संक्रमित संख्या ३९ हजार भन्दा माथी पुग्दा झन्डै २६ हजार बिरामी कोरोना मुक्त भए

पोर्चुगलमा कोरोना संक्रमित संख्या झन्डै ४० हजार नजिक पुगेको छ।स्वास्थ महानिर्देशनालयले दिएको जानकारी अनुसार आज मात्रै ३ सय ४५ संक्रमित थपिएका छन् भने कोरोनाकै कारण थप ६ जनाको ज्यान गएको छ।
पछिल्लो २४ घण्टामा थप २ सय ८१ निको भएर घर फर्किएको महानिर्देशनालयले जनाएको छ। अहिलेसम्म कुल संक्रमित संख्या ३९ हजार ७ सय ३७ पुगेको छ भने एक हजार ५ सय ४० को ज्यान गैसकेको छ।
महानिर्देशनालयको रिपोर्ट अनुसार हालसम्म २५ हजार ८ सय २९ जना निको भएर घर फर्किएका छन् ।