२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ पोर्चुगलमा कोरोना संक्रमण दर उच्च

पोर्चुगलमा कोरोना संक्रमण दर उच्च

पोर्चुगलमा केही समय कोरोना संक्रमण वृद्धिदरमा कमिजस्तो देखिएपनी पुनः संक्रमित संख्या ह्वात्तै बढेको छ।

स्वास्थ्य महानिर्देशनालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै ४ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने थप ३ जनाको ज्यान गएको छ।

संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ४१ हजार ६ सय ४६ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार ५ सय ६४ पुगेको निर्देशनालयले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

हालसम्म २७ हजार ६६ जना मानिस  पूर्ण निको भएर घर फर्किएका छन्।पछिल्लो समय कोरोनाको प्रभाव बढ्न थालेपछि पोर्चुगल सरकारले पनि  नियमहरुमा केही कडाइ गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु