गृहपृष्ठ पोर्चुगलमा कोरोना संक्रमित संख्या उच्च रुपमा वृद्धि,कोरोनाकै कारण १५ सय ४३ को ज्यान गयो
पोर्चुगलमा कोरोना संक्रमित संख्या उच्च रुपमा वृद्धि,कोरोनाकै कारण १५ सय ४३ को ज्यान गयो

पछिल्ला केही दिन यता पोर्चुलमा कोरोनाबाट संक्रमण हुने संख्या ह्वात्तै बढेको छ।
स्वास्थ्य महानिर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै थप ३६७ जना संक्रमित थपिएका छन् भने थप ३ जनाको ज्यान गएको छ।
हिजो दिउँसो १२ बजे देखि आज मध्याह्न १२ बजे सम्म २ सय ५४ जना बिरामी निको भएर घर फर्किएको निर्देशनालयले जनाएको छ।
नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ४० हजार १ सय ४ पुगेको छ भने एक हजार ५ सय ४३ जनाले ज्यान गुमाइसकेका छन्।
हालसम्म २६ हजार ८३ जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएको महानिर्देशनालयले उल्लेख गरेको छ।