गृहपृष्ठ पोर्चुगलमा जारी आपतकालीन मे २ देखि अन्त्य हुने
पोर्चुगलमा जारी आपतकालीन मे २ देखि अन्त्य हुने

लिस्बन । पोर्चुगलमा जारी आपतकाल मे २ देखि अन्त्य हुने भएको छ । राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले आगामी ‘मे’ २ तारिखदेखि जारी आपतकालीन अवस्था अन्त्य गर्ने घोषणा गरेका हुन् ।
राष्ट्रपति मार्सेलोेले आज आफ्नो कार्यालयबाट यस्तो जानकारी गराएका हुन् । उनका अनुसार मे २ को मध्यरातदेखि जारी आपतकालको अन्त्य हुने र पोर्चुगलमा साना र कम जोखिम क्षेत्रहरु संचालनम आउने छ । ‘हामीले अब कोरोनाकै कारण भविष्यमा पुनः अर्को आपकालीन अवस्था को साहरा लिनु नपरोस् ।’ उनले भने, ‘यसमा हामी सजग छौं ।’
मंगलबार संचारकर्मीहरु सँग संक्षिप्त कुराकानी गर्दै राष्ट्रपछि मार्सेलोले देश कोरोना भाइरसबिरुद्धको तेस्रो चरणमा प्रवेश गरेको बताए । ‘यो अवधिमा हामी जिम्मेवार भएर स्थितिको नियन्त्रणमा लाग्ने छौं ।’ उनले भने, ‘सर्तसहित मुलुकलाई आवश्यक शर्तसहित लयमा फर्काउने छौं ।’