गृहपृष्ठ पोर्चुगलमा डिसेम्बर २७ देखि कोरोना विरुद्धको भ्याक्सिन सुरु हुने
पोर्चुगलमा डिसेम्बर २७ देखि कोरोना विरुद्धको भ्याक्सिन सुरु हुने

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना विरुद्धको भ्याक्सिन लगाउने काम पोर्चुगलमा भोली २७ डिसेम्बर २०२० देखि शुरु हुने भएको छ।
कोभिड-१९ रोकथाम सम्बन्धी कार्य गरिरहेको सरकारी एजेन्सीले आज सर्वसाधारणलाई मोबाइलमा एसएमएस गरी यस्तो जानकारी दिएको हो।भ्याक्सिनको लागि सरकारी राष्ट्रिय स्वास्थ्य सेवा (SNS) बाट सम्पर्क गरिने सूचनामा जनाइएको छ।
भ्याक्सिन पहिलो चरणमा संक्रमणको सबैभन्दा प्रभावित क्षेत्र राजधानी लिस्बन, पोर्तो, अल्गार्भ, कोइम्ब्रामा प्रयोगमा ल्याइने छ। भ्याक्सिनको प्राथमिकतामा फ्रन्ट लाइनका स्वास्थ्यकर्मी, बृद्दबृद्दा, केयर होममा काम गर्ने र दीर्घ रोगीहरु रहने छन्।
भ्याक्सिन लगाउन अनिवार्य गरिने छैन तर नि:शुल्क वितरण गरिने छ।यसभन्दा अघि नै पोर्चुगल सरकारले झण्डै २२ मिलियन अर्थात २ करोड २० लाख डोज भ्याक्सिन ल्याइने घोषणा गरिसकेको छ।
अहिले पनि पोर्चुगलमा कोरोना संक्रमणको दर उच्च छ। दैनिक तीन हजार भन्दा माथि संक्रमित भइरहेका छन् भने ७० देखि ८० जनाको दरले संक्रमण बाट मृत्यु भइरहेको स्वास्थ्य सेवा विभागले जारी गरेको विवरणमा देखिन्छ।